बाटो हिड्दै गरेका दम्पतिको नाक काटेर फरार भएका नेकपा बहुमतका दाङ जिल्ला सेक्रेटरी अमर पक्राउ
काठमाडौँ– बाटो हिड्दै गरेका दम्पतिको नाक काटेको आरोपमा नेकपा बहुमतका दाङ जिल्ला सेक्रेटरी अमर खड्का पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङले खड्कालाई पक्राउ गरेको पुष्टि गरेको छ। घोराही उमहानगरपालिका–१५ बीपी चोकका ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी श्रीमती ५७ वर्षीया माधवा बस्नेतको नाक काटेको आरोप उनीमाथि छ।
गत ६ मंसिरमा घोराही–१५, ओमशान्ति टोलस्थित सडकमा हिँडिरहेको बेला उनले धारिलो हतियार प्रहार गरेर बस्नेत दम्पतीको नाक काटेको प्रहरीले जनाएको छ। त्यसयता उनी फरार थिए। घोराही–१९ मा फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
डीएसपी ईश्वर थापाले खड्काविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा जिल्ला प्रशासन कार्यालय दाङबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको जनाएका छन्।
प्रतिक्रिया
