मोरङ कारागारमा १४ वर्षको जेल सजाय काटिरहेका कैदीको मृत्यु

विराटनगर– हाडनाता करणी मुद्दामा दोषी ठहर भई मोरङ कारागारमा सजाय काटिरहेका एक कैदीको मृत्यु भएको छ।

जिल्लाको बेलबारी नगरपालिका–४ का ६७ वर्षीय अम्मरबहादुर राईको शनिवार दिउँसो मृत्यु भएको हो। जेलर गौरव ढुंगेलका अनुसार राईलाई श्वासप्रश्वासको समस्या देखिएको छ।

उपचारका लागि दिउँसो सवा २ बजे कोशी अस्पतालमा भर्ना गरिएका राईको उपचारकै क्रममा करिव ४ बजे मृत्यु भएको ढुंगेलले बताए।

हाडनाता करणीको आरोपमा प्रहरीले ६ जेठ ०७३ मा राईलाई पक्राउ गरेको थियो। मोरङ जिल्ला अदालतले २३ जेठमा उनलाई पुर्पक्षका लागि थुनामा पठायो। पछि ९ माघ ०७३ मा फैसला आउँदा राईलाई १४ वर्ष कैद सजाय सुनाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट