सिरहामा जनप्रतिनिधिको वितण्डा : घरमा लिन नआएको रिसले उपाध्यक्षले नै फुटाईन पालिकाको गाडी

लहान– घरबाट कार्यालय आउन गाडी नआएको रिसमा सिरहाको विष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष गीताकुमारी सिंहले आईतबार आफ्नै पालिकाको सरकारी नम्बर प्लेटको स्कारपियो गाडी तोडफोड गरेकी छिन्।

बिहान करिब १० बजे रिसले बर्बराउँदै कार्यालय पुगेकी उनले कार्यपालिकाअगाडि राखिएको बा.२ झ ३६४३ नम्बरको स्कर्पियो तोडफोड गरेकी हुन्। उनले इटा र ढुङ्गाले प्रहार गर्दा गाडीको सिसा फुटेका छन्।

चालक बाबुनाथ यादवले उपाध्यक्ष यादवलाई लिन जाँन आफु गाडीमा वसिसकेपछि तोडफोड भएको बताए। अचानक गाडीमा ढुङ्गामुढा भएपछि आफुले मुस्किलले ज्यान जोगाएको उनको भनाई छ।

उपाध्यक्ष सिंहले भने अनुगमनमा जाने कुरा अग्रिम जानकारी गराउँदा पनि समयमा गाडी नआएको वताएकी छिन्। ‘गाउँमा चिसो बढेको छ। गाउँपालिकाले वडा कार्यालयमार्फत दाउरा पनि वितरण गरिरहेको छ। तर, सवै ठाउँमा दाउरा पुग्यो÷पुगेन भनेर वुझ्न अनुगमन गर्ने कुरा भएको थियो’ उनले भनिन्–‘ गाउँपालिका अध्यक्षसँग बिहानै सल्लाह पनि भयो। तर, गाडी आएन। त्यसपछि बाध्य भएर मोटरसाइकलमा पालिकासम्म आएँ।’

सरकारी गाडीमा त्यसरी तोडफोड गर्न मिल्छ त ? भन्ने प्रश्नमा भने उनी अनुत्तरित भईन। उनले त्यस विषयमा कुनै जवाफ दिइनन्।

यता, गाडी तोडफोड भएलगत्तै गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले सीडीओ र एसपीलाई जानकारी गराएको बताए। उनले यसअघि पनि उदण्डता प्रश्तुत गर्दै आएकाले ढाकछोप गर्ने अवस्था नरहेको पनि जिकिर गरे।

उनका अनुसार उपाध्यक्षले यसअघि पनि पालिकाको लेखा शाखामा योजनाको भुक्तानीका लागि तयार भएको चेक खोसेर च्यात्नुका साथै झ्याल–ढोका तोडफोड गरेकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट