पर्सामा सामुहिक बलात्कारको घट्ना सार्वजनिक, एक जना पक्राउ, एक जना फरार

वीरगञ्ज– पर्सामा एक महिला सामुहिक बलात्कारको शिकार भएकी छिन्। बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेका छ।

२७ वैशाखको राति दुई जना मिलेर एक महिलालाई बलात्कार गरेको आरोपमा बाराको प्रसौनी गाउँपालिका–६ घर भई वीरगञ्ज–१३ बस्दै आएका ५० वर्षीय दिनानाथ साहलाई प्रहरीले पक्राउ गरेको हो। अर्का एक व्यक्ति फरार छन्।

साहलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले आइतबार पक्राउ गरेको हो। रातको समयमा एक्लै भएको मौका पारी मुख थुनेर महिलालाई बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका साहविरुद्ध बलात्कारको कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट