१३ वर्षीया छोरीमाथि पटक पटक बलात्कार गरेको आरोप लागेका बुबा थुनामा

हेटौंडा — नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मकवानपुरको थाहा नगरपालिका–१ का एक ब्यक्तिलाई अदालतले कारागार पठाएको छ।

१३ वर्षिया छोरीलाई पटक÷पटक बलात्कार गरेको आरोपमा २८ चैत ०८१ मा पक्राउ परेका ३६ वर्षीय बाबुलाई जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको बुधबारको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

पटक÷पटकको बलात्कार सहन नसकेर नाबालिकाले फुपुलाई पीडा सुनाएकी थिईन। त्यसपछि फुपुको सहयोगमा ईलाका प्रहरी कार्यालय पालुङमा उजुरी परेको थियो। उनी कात्तिक महिनादेखि बुबाबाट बलात्कृत हुँदै आएको खुलेको छ।

ती बालिका उनकी जेठी श्रीमतीतर्फकी छोरी हुन। जेठी श्रीमतीले छोरी घरमा छोडेर दोस्रो विवाह गरेकी थिईन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट