लहानबाट काठमाडौं जाँदै गरेको बस चितवनमा दुर्घटना हुँदा १५ जना घाईते

लहान– सिरहाको लहानबाट काठमाण्डौँ जाँदै गरेको यात्रु बस पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगरमा दुर्घटना भएको छ।

प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस रत्ननगर नगरपालिका–१० स्थित डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालका अनुसार घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ।

घाइते सबैको अवस्था खतरामुक्त रहेको छ। बसमा ३९ जना यात्रु सवार थिए। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट