झापामा घरायसी झगडा हुँदा बुबाले हानेको खुकुरीको प्रहारबाट छोरा घाईते, बुबा पक्राउ

दमक– झापामा घरयासी विवाद हुँदा आफनै छोरालाई खुकुरी प्रहार गरी घाईते बनाउने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

शिवसताक्षी नगरपालिका–३ ,पाराबारीका ४० वर्षीय मनकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनले आज (शनिवार) विहान झगडा हुँदा १८ वर्षीय छोरा सुसन तामाङलाई खुकुरीले हानेर घाइते बनाएका थिए।

झगडा हुँन थालेपछि मनकुमारले सुसनलाई एक्कास खुकुरी प्रहार गर्दा टाउको र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। सुसनलाई उपचारका लागि झापाकै दमकस्थित निम्स अस्पताल भर्ना गरिएको छ।

घट्नाको जानकारी पाए लगत्तै धरमपुर प्रहरीले मनकुमारलाई नियन्त्रणमा लिएको झापा प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट