अनुगमन टोली आउने सूचनापछि राजविराजका सुनचाँदी व्यवसायी पसल बन्द गरेर भागे, कस्ले दिन्छ पूर्वसूचना ?

राजविराज– बजार प्रणालीलाई प्रभावकारी बनाउन वस्तुको आपूर्ति, वस्तु तथा सेवाको उत्पादन, भण्डारण र वितरण सही तरिकाले भए नभएको चेकजाँच गर्न राज्यले कहिलेकाँही वस्तु र सेवा प्रदायक निकायको अनुगमन गर्छ।

बजारबाट गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्न, उपभोक्ताहरूलाई संवैधानिक अधिकार प्रत्याभूति गर्न र उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने हानी एवम जोखिम, नोक्सानी बापत क्षतिपूर्ति उपलब्ध गराउन राज्यले विभिन्न तहमा बजार अनुगमनको ब्यवस्था गरेको छ।

तर, बजार अनुगमनलाई पनि देखावटी र स्वार्थ केन्द्रित गरिँदा बजारमा कालो बजारी, गुणस्तरहिन र कम तौलको वस्तु विक्रि वितरण, अत्याधिक मुल्यवृद्धि लगायतका विकृति दिनानु दिन वढिरहेका छन्। तर, उपभोक्ता संरक्षण सम्बन्धी संवैधानिक र कानुनी व्यवस्थालाई कार्यान्वयन गराउने निकाय आँखा चिम्लेर बसिदिँदा बजारमा गैरकानुनी काम समेत हुने गरेका छन्।

अझ बजार अनुगमनको जिम्मेवारी पाएका निकायमा कार्यरत कतिपय कर्मचारी नै कालो बजारियाको संरक्षक र पक्षपोषक बन्दा औंसी–पूर्णिमामा (कहिलेकाहीँ) हुने गरेको अनुगमन पनि प्रभावहिन हुने गरेको छ।

वुधबार सप्तरी सदरमुकाम राजविराजमा पनि यही नियति देखिएको छ। अनुगमनको टोली आउने अग्रीम जानकारी पाएपछि राजविराजका अधिकांश सुनचाँदी पसल बुधबार बन्द भए। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज र गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको टोलीले ज्वेलर्स अनुगमन गर्न आउने पूर्व सूचनापछि ब्यवसायीले पसल नै नखोलेको जनाइएको छ।

अधिकांश पसल वन्द भईसकेपछि राजविराज पुगेको अनुगमन टोलीले खुल्ला रहेका केही ज्वेलर्समा अनुगमन गरेको छ। यता, सुनचाँदी व्यवसायी संघ राजविराजका अध्यक्ष नारायण रञ्जनले आफू बाहिर रहेको बताए।

सप्तरीका सीडीओ भोला दाहालले अनुगमनबारे थप विषय पछि जानकारी दिने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट