रास्वपाले स्वीकृत गर्यो सुमना श्रेष्ठ र अनिलकेशरी शाहको राजिनामा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबार दिउँसो बसेको केन्द्रीय समिति बैठकले सहमहामन्त्री पदबाट सुमना श्रेष्ठ तथा प्रशिक्षण विभाग प्रमुखबाट अनिलकेशरी शाहले दिएको राजीनामा स्वीकृत गरेको छ।

एक व्यक्ति दुई पदमा बस्न नहुने भन्दै श्रेष्ठले गत ४ वैशाखमा राजीनामा बुझाएकी थिइन। उनी प्रतिनिधिसभा सांसद पनि हुन। श्रेष्ठले आफू सांसदका रूपमा सार्वजनिक नीति बनाउन खेल्ने भूमिकामा सीमित हुन चाहेकोले पार्टीको ‘मुभमेन्ट’ गर्ने जिम्मा अरुलाई दिन चाहेको बताएकी थिईन।

यसैगरी, पदीय जिम्मेवारी पूरा गर्न नसकेको आरोप लाग्ने गरेका पूर्वबैंकर तथा प्रशिक्षण विभाग प्रमुख शाहको राजीनामा पनि स्वीकृत भएको छ। रास्वपा प्रवेश गरेर छोटो समयमा महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका उनले परिस्थितिका कारण नेतृत्व विकास पार्टीको प्राथमिकतामा पर्न नसकेपछि राजिनामा दिएको बताएका छन्।

उनले विभागिय प्रमुखबाट अलग भएपनि पार्टीबाट भने अलग नहुने वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट