गोप्य अंग खानतलासी गरेको भन्दै पूर्वमन्त्री रामकुमार सुब्बाविरुद्ध पीडित महिलाले विराटनगरमा दर्ता गरिन मुद्दा

विराटनगर– नेपाल सरकारका पूर्व भूमिसुधार मन्त्री तथा राप्रपा नेता रामकुमार सुब्बाविरुद्ध मोरङ जिल्ला अदालतमा गम्भीर प्रकृतिको मुद्दा दर्ता भएको छ। एक महिलाले आफ्ना गोप्य अङ्गको तलासी लिएको, अपमानजनक व्यवहार गरेको र श्रीमान विरुद्ध आफुले हालेको मुद्दा फिर्ताको लागि दबाब दिएको आरोप लगाउँदै मुद्दा दर्ता गरेकी हुन।

मोरङको डायनियाँस्थित माइतीघरमा जबरजस्ती प्रवेश गरेर लिङ्ग परीक्षण गर्ने आशयसहित अपमानित गरिएको आरोप सुब्बासँगै इटहरी उपमहानगरपालिका–९ का गोपाल शाह (पीडितका ससुरा) र सुनिता घिमिरेविरुद्ध लागेको छ।

पीडित महिलाका अनुसार, गत चैत २२ गते तीनै जना उनको माइतीघरमै पुगेका थिए। सुब्बाले ‘तिमी महिला नभएर हिजडा हौ’ भदै लिङ्ग परीक्षणको लागि सुनिता घिमिरेलाई पठाएको उनको आरोप छ। रामकुमार सुब्बाले ‘तिमी हिजडा नभएकोले प्रमाण देखाऊ। हामीले महिला कर्मचारी ल्याएका छौँ।’ भन्दै आफनो अपमान गरेको उल्लेख गर्दै पीडित महिलाले मुद्दा दिएकी छिन्।

पूर्वमन्त्री सुब्बाले आफू इटहरीको नेता र पूर्व मन्त्री भएको भन्दै बारम्बार मुद्दा फिर्ता गर्न दबाब समेत दिएको उनको आरोप छ। पीडित महिलाले पहिले आफ्नै श्रीमान र ससुराबाट मानसिक तथा शारीरिक यातना भोगेपछि सम्बन्धविच्छेद र अंशको मुद्दा दायर गरेकी थिइन्। त्यसपछि उनी माइतीघरमै बस्दै आइरहेकी थिइन्। त्यही क्रममा जबरजस्ती गरेर आफूमाथि दुव्र्यवहार गरिएको उनको भनाइ छ।

सुब्बाले भने घटनालाई अतिरञ्जित गरिएको जिकिर गरेका छन्। ‘गोपाल मेरै घरमा वस्ने केटो हो, परिवारिक बिचलन हुन नदिन छलफलमा मात्र गइएको हो। दुव्र्यवहार गरिएको छैन।’– उनले भनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट