एसओएस दिवसका अवसरमा खुला रक्तदान

सुनसरीको इटहरीस्थित एसओएस हर्मन माइनर माध्यमिक विद्यालय इटहरीले खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले असार ८ गते आइतबार एसओएस दिवसका अवसरमा विद्यालयले उक्त कार्यक्रम गरेको हो ।
नेपाल युवा रेडक्रस सर्कल, एसओएस हर्मन माइनर माध्यमिक विद्यालय इटहरीले हरेक वर्ष आयोजना गर्ने यस कार्यक्रममा ७२ पिन्ट रगत सङ्कलन भएको छ । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा भएको थियो ।

हरेक वर्ष जुन २२ का दिन एसओएस बालग्रामका संस्थापक डा. हर्मन माइनरको जन्मजयन्तीका दिन विद्यालयले विभिन्न कार्यक्रम गरी मनाउँदै आएको विद्यालयका प्रधानाध्यापक शशीकुमार उपाध्यायले बताए । देशभर रगतको चरम अभाव भइरहेको परिप्रेक्ष्यमा रक्तदानमार्फत मानवीय सहायताको सानो प्रयासलाई निरन्तरता दिइएको उनको भनाइ थियो । कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक तथा स्थानीयहरूको उपस्थिति थियो ।

अष्ट्रियकाका नागरिक प्रा. डा. हर्मन माइनरले अभिभावक गुमाएका वा जोखिममा रहेका बालबालिकालाई आश्रय प्रदान गर्ने उद्देश्यले स्थापना गरेको एसओएस बालग्राम संसारभर १३६ वटा देशमा सञ्चालित छ । एसओएस नेपालद्वारा सञ्चालित हर्मन माइनर माध्यमिक विद्यालय नेपालमा सातवटा रहेका छन् । कोशी प्रदेशमै एकमात्र हर्मन माइनर माध्यमिक विद्यालय इटहरी १६ मा सञ्चालनमा छ । विभिन्न सामाजिक गतिविधिहरू गर्दै आएको यस विद्यालय गुण्स्तरीय शिक्षाका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट