सप्तरीमा चोरी मुद्दामा कैद सजाय भएपछि फरार दुई प्रतिवादी पक्राउ

राजविराज– चोरीको मुद्दामा जिल्ला अदालतबाट कैद सजाय सुनाइएका तर फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका–१५ निवासी प्रमोद भनिने कारी यादव र वडा नम्बर–१३ निवासी दिपेन्द्र प्रसाद देव रहेका छन्।
जिल्ला अदालत राजविराजले प्रमोदलाई चोरी मुद्दामा १ महिना ६ दिन र दिपेन्द्रलाई २७ दिन कैद सजाय सुनाएको थियो। तर, फैसला पछि उनीहरू फरार रहेका थिए।
उनीहरूको खोजी गर्दै आएको प्रहरीले विशेष सूचनाका आधारमा दुवैजनालाई फरार अभियुक्तको सूचीबाट हटाउँदै पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।
प्रतिक्रिया