कोशी नदीमा नुहाउने क्रममा सुनसरीका १३ वर्षीय बालक बेपत्ता

सुनसरी — सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित कोशी नदीको राजाबास घाटमा नुहाउने क्रममा एक बालक डुबेर बेपत्ता भएका छन्।

भोक्राहा नरसिंह गाउँपालिका–१ का १३ वर्षीय दिपेश मेहता (कालु) सोमबार बिहान साथीहरूसँग नुहाउन नदीमा गएका बेला बेपत्ता भएका हुन्।

बालकका पिता रामविलास मेहताका अनुसार, कालु बिहान साथीहरूसँग कोशी नदीमा नुहाउन गएका थिए। तर, केहीबेरमै उनी नदीमा डुबेर बेपत्ता भएका थिए।

लगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूले खोजी कार्य सुरु गरेका छन्। तर, समाचार तयार पार्दासम्म कालु फेला परेका छैनन्।

सुरक्षाकर्मीहरूले कोशी नदीको आसपास क्षेत्रमा खोजी तीव्र पारेको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट