सप्तरीको राजगढमा धानखेतमा भेटियो करिव ४५ वर्षका पुरुषको शव

राजविराज— सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरस्थित कामत टोलमा बुधबार दिउँसो एक पुरुषको शव फेला परेको छ।

स्थानीय गुलाब सिंहको धानखेतमा अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन।

स्थानीय बासिन्दाले खेतमा शव देखेपछि प्रहरी चौकी पत्थरगाढामा खबर गरेका थिए। घट्नाको थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार मृतकले मुस्लिम समुदायका व्यक्तिले लगाउने जस्तो लुगा लगाएका छन्। शवको पहिचान र मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट