१६ वर्षीया किशोरीको अवैधानिक गर्भपतन गराउने बर्दिबासका निजी क्लिनिक सञ्चालक डा. प्रविण मिश्र पक्राउ

जनकपुर– १६ वर्षीया किशोरीको अवैधानिक रूपमा गर्भपतन गराएको अभियोगमा महोत्तरीको बर्दिबासस्थित एक निजी क्लिनिकका सञ्चालक चिकित्सक पक्राउ परेका छन्।

सर्लाही बलरा नगरपालिका–१ का स्थायी बासिन्दा तथा बर्दिबासको डीएन्बी मेडिकेयर सेन्टरमा कार्यरत ४१ वर्षीय डा. प्रविण मिश्रलाई बिहीबार पक्राउ गरिएको हो। उनलाई साउन ५ गते महोत्तरीको जलेश्वरस्थित जिल्ला अदालतबाट जारी भएको पक्राउ अनुमति पत्रका आधारमा पक्राउ गरिएको डीएसपी शैलेन्द्रकुमार भट्टले जानकारी दिए।

उनीमाथि जबर्जस्ती करणीसहित गर्भपतनसम्बन्धी गम्भीर आरोप लागेको छ। प्रहरीका अनुसार मिश्रले १६ वर्षीया किशोरीको १० हप्ताको गर्भ अनधिकृत रूपमा पतन गराएका थिए। सो क्रममा अत्याधिक रक्तस्राव भएपछि ती किशोरी अचेत भएकी थिइन्।

पीडित किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय बर्दिबासमा जबर्जस्ती करणीसम्बन्धी किटानीसहितको जाहेरी दिएका थिए। अनुसन्धानका क्रममा डा. मिश्रले कानुनी प्रक्रिया मिच्दै किशोरीको गर्भपतन गराएको प्रमाण फेला परेको प्रहरीले जनाएको छ।

पीडित नाबालिग छन्। विवाह नभएको र कुनै कानुनी स्वीकृति नलिइकन गर्भपतन गरिएको अनुशन्धानमा देखिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट