बिहे, सुहागरात र सुत्केरी सबै एकै रातः छोरी जन्मिएको खुसीमा मिठाई बाँडे बेहुलाले

काठमाडौँ — बिहे गरेर बेहुली घर भित्रिएकै रात सन्तान जन्मिएको घट्ना सामान्यतयाः कसैका लागि पनि सहज लाग्दैन। तर त्यो घटनालाई खुसीकै रूपमा मनाउँदै भोलिपल्टै गाउँलेलाई मिठाइ बाँडिएको समाचार भारतको उत्तर प्रदेशबाट सार्वजनिक भएको छ।

उत्तर प्रदेशको रामपुर जिल्लाअन्तर्गत अजीमनगर थाना क्षेत्रको कुम्हरिया गाउँमा शनिबार यस्तै अनौठो घटना घटेको हो। त्यहाँक रिजवानले प्रेमिका युवतीसँग परम्परागत विधिअनुसार विवाह गरेकै रात उनकी पत्नीले स्वस्थ शिशुलाई जन्म दिईन।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार रिजवान र बहादुरगंज गाउँकी युवतीबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो। दुवै जनाबीच विवाह गर्ने सहमति पहिल्यै भइसकेको थियो र परिवारस्तरमै बिहेको तयारीबारे छलफल चलिरहेको थियो। यही क्रममा युवती गर्भवती भइसकेको तथ्य पनि दुवै पक्षलाई थाहा थियो।

केही दिनअघि युवती अजीमनगर थाना क्षेत्रको मुरसैना प्रहरी चौकी पुगेर आफूहरूबीच विवाह गराइदिन माग गर्दै निवेदन दिएकी थिइन्। प्रहरी चौकीमा गाउँका प्रधान तथा दुवै परिवारका प्रतिनिधिहरूको उपस्थितिमा आपसी सहमतिमा विवाह गराउने निर्णय भएको थियो।

सोही सहमतिअनुसार शनिबार रिजवान केही आफन्तसहित बहादुरगंज गाउँ पुगे र परम्परागत रीति अनुसार विवाह सम्पन्न भयो। राति बेहुलीलाई घर भित्र्याउने रिवाज पूरा भएपछि अचानक उनलाई सुत्केरी व्यथा लाग्यो। राति नै उनले शिशुलाई जन्म दिएकी हुन्।

छोरी जन्मिएको खुसीमा बेहुला रिजवानले आइतबार गाउँभर मिठाइ बाँडेका थिए। अजीमनगर थानाका प्रमुख कारण सिंहका अनुसार दुवै जनाबीच पहिल्यै प्रेम सम्बन्ध रहेको र सोही क्रममा युवती गर्भवती भएको खुलेको हो। दुवै जना स्वेच्छाले विवाह गरेर सँगै बस्न तयार रहेकाले कुनै प्रकारको उजुरी नपरेको उनले बताए।

घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसलाई लिएर विभिन्न प्रतिक्रिया आएका छन्। कतिपयले यसलाई रूढिवादी परम्पराभित्र प्रेमको स्वीकारोक्ति मानेका छन् भने कतिपयले विवाह र सन्तान जन्मजस्ता संवेदनशील विषयलाई अझ जिम्मेवार ढंगले लिनुपर्ने टिप्पणी गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट