सम्पर्कविहिन ६ बालबालिका मध्ये दिदीभाईको शव भेटियो, प्रहरीलाई जानकारी नदिँदा घटनाप्रति शंका

गाईघाट– खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३, सापतेलमा ११ र ४ वर्षका दिदीभाई मृत अवस्थामा फेला परेका छन्।

स्थानीय गोविन्द बस्नेतकी छोरी ११ वर्षीया मनिषा र ४ वर्षीय छोरा मेघराज शुक्रबार मृत फेला परेका हुन। भीरबाट लडेर उनीहरुको मृत्यु भएको जनाईएको छ।

गत साउन २२ गतेदेखि नवराजका दुई छोरी र एक छोरा तथा छिमेकीका तीन छोरी हराएका थिए। आफन्तले खोजी गर्ने क्रममा वडा नम्बर –२ डाँडागाउँस्थित चेपाभीरबाट करिब एक किलोमिटर तल उनीहरुको शव फेला परेको हो।

बाँकी चारजना भने सकुशल फेला परेका छन्। परिवारका सदस्यले दुवैको मृत्यु भिरबाट लडेर भएको दाबी गर्दै शुक्रबार बिहानै अन्त्येष्टि गरेका छन्। तर, मृत्युको जानकारी तत्काल प्रहरीलाई नदिएको र अन्त्येष्टि अघि अनुसन्धान नगरेको कारण घटनाप्रति शंका उत्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट