गौर हत्याकाण्डमा सर्वोच्चको परमादेशः उपेन्द्र यादवसहित १३० जना अनुसन्धानको राडरमा

राजधानी— सर्वोच्च अदालतले १९ वर्षअघि रौतहटको गौरमा भएको चर्चित हत्याकाण्डमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवसहित जाहेरीमा नाम आएका सबैमाथि छानबिन अघि बढाउन परमादेश जारी गरेको छ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार फैसला गर्दै प्रहरीलाई जाहेरीका आधारमा अनुसन्धान अघि बढाउन आदेश दिएको हो।

उक्त घटनाका पीडित परिवारका सदस्य त्रिभुवन साहले सर्वोच्चमा रिट दर्ता गरेका थिए। सोही रिटमा सर्वोच्चले फैसला सुनाउँदै परमादेश जारी गरेको हो। सर्वोच्चको आदेशअनुसार अब प्रहरीको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालतमा पुग्नेछ।

२०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राइस मिल चौरमा तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीको मधेशी मुक्ति मोर्चाबीच भएको झडपमा २७ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो। मृतक परिवारलाई नौ महिनापछि सरकारले १० लाख रुपैयाँका दरले क्षतिपूर्ति उपलब्ध गराएको थियो।

तत्कालीन फोरम र माओवादी दुवैले एउटै दिन एउटै स्थानमा कार्यक्रम राखेपछि भएको भिडन्तमा ठूलो संख्यामा जनधनको क्षति भएको थियो। यस घटनामा तत्कालीन मधेशी जनअधिकार फोरमका नेता (हाल जसपा नेपालका अध्यक्ष) उपेन्द्र यादवसहित पूर्वसभासद बबन सिंह, मधेश प्रदेशसभाका पूर्वसांसद बाबुलाल साहलगायत १ सय १३ जना प्रारम्भिक रूपमा जोडिएका थिए।

पीडितले दिएको जाहेरी र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनका आधारमा हालसम्म १ सय ३० जनामाथि अनुसन्धान गर्नुपर्ने देखिएको छ। सर्वोच्चले दिएको परमादेशअनुसार अब प्रहरीले जाहेरी अनुसार छानबिन अघि बढाउनुपर्नेछ। छानबिन प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा पुगी दोषी ठहर भए कानुनी कारबाही अघि बढ्नेछ।

को को छन् अनुशन्धानको घेरामा
जाहेरी दरखास्तमा नाम उल्लेख भएका व्यक्तिहरू
१. अजय गुप्ता, गौर नपा वडा नं. ९, रौतहट
२. गौरी शंकर यादव, गौर नपा वडा नं. ९, रौतहट
३. बाबुलाल साह कानू, गौर नपा वडा नं. २, रौतहट
४. ललन सिंह, गौर नपा वडा नं. १३ रौतहट
५. चन्द्रिका सिंह, सरुअठा ४, रौतहट
६. बलराम सिंह कुँवर, ब्रम्हपुरी, रौतहट
७. उपेन्द्र यादव, बसनाहा गाविस, सप्तरी ७
८. राजेन्द्र यादव, ठेगाना नखुलेको ८.
९. संजीव यादव, टेंग्राहा १, रौतहट
१०. रामकलेवर सिंह, गौर नपा ५, रौतहट
११. जगन्नाथ केसरी, गौर नपा वडा नं. ९, रौतहट
१२. संजीव यादव, मुडवलवा २, रौतहट
१३. शम्भु सिंह, गंगापिप्रा २, रौतहट
१४. रामप्रवेश सिंह, गंगापिप्रा २, रौतहट
१५. रुपनारायण चौधरी, हथियाही ७, रौतहट
१६. चुल्हाइ साह, वसतपुर १, रौतहट
१७. देवानन् भन्ने देवनाथ झा, वसतपुर ४, रौतहट
१८. राम आधार साह, वसतपुर १, रौतहट
१९. शिव शंकर सिंह, ब्रम्हपुरी १, रौतहट
२०. जगरनाथ ठाकुर, ब्रम्हपुरी ५, रौतहट
२१. गणेश राय यादव, शितलपुर वैरगनिया, रौतहट
२२. विनोद सिंह, ब्रम्हपुरी १, रौतहट
२३. जयनन्द यादव, दक्षिण भिटकैया, बारा
२४. नन्द किशोर साह, सरमजुवा २, रौतहट
२५. कपिल देव राय यादव, धरहरी, रौतहट
२६. दामोदार प्रीयदर्शी, सोनरीया ४ रौतहट
२७. बबन सिंह, ब्रम्हपुरी १, रौतहट
२८. भुषण सिंह, गौर नपा १३, सिर्सिया, रौतहट
२९. रामप्रसाद लाल, ब्रम्हपुरी २, रौतहट
३०. जितेन्द्र सिंह, ब्रम्हपुरी १, रौतहट
३१. रामेश्वर राय यादव, मुडवलवा २, रौतहट
३२. प्रेमचन्द्र झा, रौतहट
३३. राम अयोध्या महतो चनउ, गौर नपा ६, रौतहट
३४. अवधेश चनउ, गौर ६, रौतहट
३५. राम निवास सिंह, हजमिनिया ८. रौतहट
३६. उमेश तिवारी, हजमिनिया ८, रौतहट
३७. अशोक सिंह, हजमिनिया १, रौतहट
३८. भाग्य नारायण साह, बसतपुर, रौतहट
३९. शंकर सिंह, बसतपुर ८, रौतहट
४०. मुन्ना सिंह, हजमिनिया १, रौतहट
४१. मंगल राउत बरई, बरियारपुर ५, रौतहट
४२. शेख दाउद, कनकपुर, रौतहट
४३. शंकर यादव, माइधिया मानपुर, रौतहट
४४. अरुण सिंह, गौर १३, रौतहट
४५. मुकुट सिंह, हजमिनिया १, रौतहट
४६. विश्वनाथ पट्टेल, जेठरहिया ८, रौतहट
४७. वीरेन्द्र राउत, जेठरहिया ९, रौतहट
४८. जयचन्द्र यादव, टेंग्राहा ४, रौतहट
४९. दिन्ना यादव, टेग्राहा २, रौतहट
५०. सहन राय यादव, टेंग्राहा १, रौतहट
५१. हरिन्द्र यादव, जयनगर ९, रौतहट
५२. वैद्यनाथ साह, मठिया ७, रौतहट
५३. ललि साह तेली, औरही १, रौतहट
५४. शंकर साह बनिया, औरही १, रौतहट
५५. बीरेन्द्र पाण्डे, गंगापिप्रा, रौतहट
५६. जोद्धा साह, गौर नपा, रौतहट
५७. शंकर राय यादव, लक्ष्मीपुर, रौतहट
५८. वेराहीम अन्सारी, जयनगर, रौतहट
५९. श्री नारायण झा, बसतपुर, रौतहट
६०. रामबाबु प्रसाद यादव, कचारवा १, बारा
६१. जियालाल प्रसाद यादव, इनर्वामाल कोइलीडीह, बारा
६२. शिउनाथ पट्टेल, मझौलिया, भिटकैया, बारा
६३. मदन साह, गौर नपा १२, रौतहट
६४. अरबिन्द सिंह, हजमिनिया १, रौतहट
६५. पवन सिंह, हजमिनिया ८, रौतहट
६६. भुपेन्द्र महतो, भसेढवा, रौतहट
गौर घटना जाँचबुझ आयोगको प्रतिवेदन २०६४ बाट दोषी भनी नाम उल्लेख भएका थप व्यक्तिहरू
६७. राम सोगारत यादव, गौर ४, रौतहट
६८. पंकज भारती, गौर ४, रौतहट
६९. नरेश भारती, गौर ४, रौतहट
७०. दीपेन्द्र भारती, गौर ४, रौतहट
७१. देवी यादव, गौर ५, रौतहट
७२. लालकिशोर राउत, गौर ९, रौतहट
७३. रामदास साह, वसतपुर १, रौतहट
७४. रामेश्वर साह, वसतपुर १, रौतहट
७५. रामजी दास, वसतपुर १, रौतहट
७६. रजनिस झा, वसतपुर १, रौतहट
७७. हरिकिशोर यादव, गौर मालपोतमा लेखापढी गर्ने
७८. लालकिशोर राउत, गौर ९, रौतहट
७९. गंगा सिंह, गौर ९, रौतहट
८०. हिन्दु राय यादव, महमदपुर, रौतहट
८१. नवल यादव, महमदपुर रौतहट
८२. ब्रज यादव, महमदपुर, रौतहट
८३. संजिव झा, रौतहट
८४. रणविर महतो, रौतहट
८५. गगनदेव महतो, रौतहट
८६. सोनालाल यादव, रौतहट
८७. भुनरेस यादव, रौतहट
८८. नरेश साह तेली, रौतहट
८९. अर्जुन मल्लिक, गौर, रौतहट
९०. जर्गादस मल्लिक, गौर रौतहट
९१. फेकु, गौर गडवा, रौतहट
९२. मुल्तीक, गडवा, रौतहट
९३. भद्दा ठाकुर हजाम, ब्रम्हपुरी, रौतहट
९४. रामशंकर श्रीवास्तव, ब्रम्हपुरी, रौतहट
९५. तेजा बैठा, हजमिनिया पतही, रौतहट
९६. अमर बैठा, हजमिनिया, पतही, रौतहट
९७. विनोद चमार, हजमिनिया, पतही रौतहट
९८. मदन सिंह, वसतपुर, रौतहट
९९. शिव पासवान, गौर–११, रौतहट
१००. मसेज खाँ, गौर–१० सिसवा, रौतहट
१०१. दिपेन्द्र साह तेली, गौर–१० सिसवा रौतहट
१०२. छोटन सिंह, गंगापिप्रा, रौतहट
१०३. गगन सिंह, सिर्सिया रौतहट
१०४. अनिल सिंह, रौतहट
१०५. अमर यादव, इनरवारी–१, रौतहट
१०६. धनन्जय झा, गौर, रौतहट
१०७. वीरवासनी सहनी, बसन्तपटी–६, रौतहट
१०८. किशोरी राय यादव, इनरवारी १, रौतहट
१०९. वलरुवा अन्सारी, जयनगर, रौतहट
११०. रामचन्द्र गिरी, नरकटिया, रौतहट
१११. शंभु साह कानु गौर २, रौतहट
११२. अवधेश चनउ, टिकुलिया ६, रौतहट
११३. संजय केशरी टिकुलिया ६, रौतहट
११४. राजीनन सिंह गौर, रौतहट
११५. रामकुमार शर्मा, महोत्तरी
११६. तेजीलाल पटेल इनरवारी ६, रौतहट
११७. गगनदेव बैठा, टेंग्राह ७, रौतहट
११८. कौशल सिंह, वसतपुर ४, रौतहट
११९. रामनिवास सिंह, हजमिनिया, रौतहट
१२०. रामअवतार साह तेली, वसतपुर, रौतहट
१२१. राजेश गुप्ता, ठेगाना नखुलेको
१२२. हरि सिंह, ठेगाना नखुलेको
१२३. शंकर मुखिया, ठेगाना नखुलेको
१२४. राजेन्द्र पटेल, ठेगाना नखुलेको
१२५. रामप्रवेश पटेल, लक्ष्मनीया ५, रौतहट
१२६. शेख जमशैद, गौर नपा १०, रौतहट
१२७. गुडु सिंह, ब्रम्हपुरी १, रौतहट
१२८. विनोद सिंह, ब्रम्हपुरी १, रौतहट
१२९. उमा राय यादव, औरइया ८, रौतहट
१३०. विक्रम सिंह, गौर नपा १३, रौतहट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट