अदालतको भूमिकामाथि प्रधानमन्त्रीको प्रश्नः झोँक चल्दा प्रधानमन्त्रीसमेत बर्खास्त र नियुक्त गर्छन्

राजधानी– प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतप्रति असन्तुष्टि जनाउँदै न्यायालयको भूमिकामाथि प्रश्न उठाएका छन्। उनले कहिलेकाहीँ झोँकमा आएर प्रधानमन्त्रीसमेत बर्खास्ती र नियुक्ति गर्ने गरेको टिप्पणी गरेका छन्।

राष्ट्रिय सूचना आयोगले मंगलबार आयोजना गरेको १९औँ राष्ट्रिय सूचना दिवस कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री संसद्बाट चुनिने पद भएकाले अदालतको अधिकारक्षेत्रमा नपर्ने बताए।

तर विगतमा अदालतको फैसलाले प्रधानमन्त्रीको पदसमेत प्रभावित भएको अनुभव आफूसँग रहेको उल्लेख गर्दै उनले न्यायालयले संविधानको व्याख्या गर्दा अनुकूलताको आधारमा निर्णय गर्ने गरेको आरोप लगाए।

उनले भने, ‘प्रधानमन्त्री संसद्बाट चुनिएर बन्छ। कहिले कहिले संसद्ले हटाउँछ। तर कहिले अदालतलाई नै झोँक चल्यो भने त कसको के लाग्छ र? अदालतले नै ठोकिदिन्छ।’

ओलीले आफ्नो भनाइ अदालतको हुर्मत लिन नभई अनुभव साझा गर्नु रहेको दाबी गरे। उनले अदालत संविधानको व्याख्याता भएकाले त्यसैलाई सुविधा अनुसार प्रयोग गर्ने प्रवृत्तिले लोकतान्त्रिक प्रक्रियामा प्रश्न खडा हुने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट