दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि जन सुनुवाइ कार्यक्रममा आक्रमण, आरोपी प्रहरी नियन्त्रणमा

राजधानी— भारतको दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि बुधबार बिहान सिभिल लाइन्सस्थित सरकारी निवासमा भइरहेको जन सुनुवाइ कार्यक्रममा आक्रमण भएको छ। घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रारम्भिक विवरण अनुसार, मुख्यमन्त्री नागरिकहरूसँग प्रत्यक्ष संवाद गरिरहेका बेला गुजरातको राजकोटका ४१ वर्षीय राजेशभाइ खिमजीभाइ सकारियाले अगाडि बढेर कागजात बुझाउँदै उनको हात तान्ने प्रयास गरेका थिए। यसक्रममा केही धक्का–मुक्की भएको र मुख्यमन्त्रीको टाउको टेबलको कुनामा ठोक्किएको बताइएको छ।

केही सञ्चारमाध्यमले सुरुमा मुख्यमन्त्रीलाई थप्पड हानेको र कपाल तानेको समाचार प्रसारण गरे पनि दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवाले ती दाबीलाई बनावटी भन्दै खारेज गरेका छन्। उनका अनुसार, घटनामा हल्का धक्का–मुक्की मात्र भएको थियो।

सचदेवाका अनुसार, मुख्यमन्त्रीलाई तत्कालै अस्पताल लगिएको र डाक्टरहरूले उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन्। ‘यसले केही मानसिक आघात पारेको छ, तर उहाँले आफ्ना कार्यक्रम रद्द नगर्ने स्पष्ट गर्नुभएको छ। जन सुनुवाइ कार्यक्रम निरन्तर चल्नेछ,’– उनले भने।

मुख्यमन्त्री कार्यालय स्रोतले सुरक्षा प्रमुखको भनाइ उद्धृत गर्दै यो घटनालाई ‘गम्भीर शारीरिक आक्रमण’को रूपमा वर्णन गरेको छ। दिल्ली प्रहरीले आक्रमणकारीको विवरण सार्वजनिक गरेको छ। उनका अनुसार आरोपी राजेशभाइ खिमजीभाइ सकारिया पशुप्रेमी हुन् र हाल प्रहरी हिरासतमा छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार, राजेशभाइका एक आफन्त हाल जेलमा छन्। आरोपी उक्त घटनामा पृष्ठभूमि बुझ्न गुजरात प्रहरीले सहयोग गरिरहेको छ। आरोपी रिक्सा चालक परिवारबाट आएका हुन्। उनकी आमाले प्रहरीलाई बताएका अनुसार छोरा मानसिक रूपमा अस्वस्थ छन् र आफूलाई कुकुरप्रेमी ठान्छन्।

आक्रमणअघि उनी दिल्लीका विभिन्न स्थानमा यात्रा गरिसकेका थिए। बीजेपी प्रवक्ताका अनुसार, आरोपीको कुनै राजनीतिक दलसँग प्रत्यक्ष सम्पर्क प्रमाणित भएको छैन। तर, उनका अभिव्यक्तिहरूबाट दिल्लीमा आफ्नो अवस्थाप्रति असन्तुष्ट कुनै दलसँग सम्भावित सम्बन्ध भएको संकेत प्राप्त भएको छ।

आक्रमणको क्रममा राजेशभाइले केही कागजात मुख्यमन्त्रीलाई दिएका थिए तर तुरुन्तै हात तानेर आक्रमण गर्ने प्रयास गरेका थिए। यस क्रममा हल्का धक्का–मुक्की भएको र टाउको टेबलको कुनामा ठोक्किएको दिल्ली भाजपा अध्यक्ष सचदेवाले पुष्टि गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट