विवाहको चार महिनामै श्रीमतीले श्रीमानको गोप्य अंगमा ब्लेड प्रहार गरेपछि…

राजविराज– भारतको उत्तर प्रदेशस्थित बिजनौर जिल्लामा विवाहको चार महिनामै आङै सिरिङ्ग पार्ने घटना सार्वजनिक भएको छ। ग्राम सिमला कलामा बस्ने चान्दवीर भनिने युवकमाथि उनकी श्रीमतीले ब्लेड प्रहार गरी गोप्य अंगमा गहिरो चोट पुर्याएकी छन्।
घटना भदौ ४ गते (२० अगस्ट) साँझ करिब ६ बजे भएको हो। घरायसी विवादका बीच दम्पतीबीच भनाभन चलिरहेको अवस्थामा श्रीमानले सम्बन्ध बनाउन खोज्दा श्रीमतीले छेउमा राखिएको ब्लेडले आक्रमण गरेकी थिइन्। ब्लेडले प्रहार गर्दा युवक पीडाले छटपटाउँदै चिच्याएका थिए। आवाज सुनेर छिमेकीहरू घटनास्थलमा पुगेपछि उनलाई तत्काल नजिकैको अस्पताल लगिएको थियो।
चिकित्सकहरूले युवकको गोप्य अंगमा सात टाँका लगाउनुपरेको र अवस्था अहिले खतरामुक्त भएको बताएका छन्। पीडितको परिवारले घटना लगत्तै उपचार गराएपछि प्रहरीमा जानकारी दिएका थिए।
पीडित चान्दवीरले प्रहरीसमक्ष बयान दिँदै विवाहपछि श्रीमतीले आफ्नो व्यवहार अस्वाभाविक देखाएको, बारम्बार अञ्जान मानिसहरूसँग फोनमा कुरा गर्ने गरेको र आपत्ति जनाउँदा आक्रामक हुने गरेको आरोप लगाएका छन्। उनले सुरु देखिनै श्रीमतीले वैवाहिक जीवन निभाउन नचाहेको पनि बताएका छन्।
घटनापछि आरोपी महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ र मुद्दा दर्ता गरिएको भारतीय मिडिया दैनिक भास्करले जनाएको छ।