अंशबण्डाको विवादमा खन्ती प्रहार गरी आमाको हत्या, छोरा पक्राउ

अंशबण्डाको विवादमा खन्तीले प्रहार गरी आमाको हत्या गरेको आरोपमा सिन्धुलीको दुधौलीका ४० वर्षीय तुलाराज सुनुवार पक्राउ परेका छन्। प्रहरीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो।

दूधौली नगरपालिका– १४, भौडीका सुनुवारमाथि आमा ६५ वर्षीया फालकुमारी सुनुवारको हत्या गरेको आरोप छ। अंशबन्डाको विषयलाई लिएर तुलाराजले फलामको खन्ती प्रहार गर्दा फालकुमारीको मृत्यु भएको प्रहरीको भनाई छ।

घट्नाको जानकारी पाएपछि प्रहरी चौकी दूधौलीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट