अष्ट्रेलियाको मेलबर्नमा कार दुर्घटनामा जन्मदिन मनाउँन हिडेका दुई नेपाली नर्सको मृत्यु

काठमाडौँ– अष्ट्रेलियाको मेलबर्नमा कार दुर्घटनामा दुई नेपाली नर्सको ज्यान गएको छ। १४ वर्षदेखि साथी रहेका सरला खड्का र अरिजा सुवालको मृत्यु भएको हो।
मेलबर्नकै प्रतिष्ठित अल्फ्रेड अस्पतालमा कार्यरत उनीहरू अरिजाको ३०औँ जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परेका थिए। भिक्टोरिया प्रहरीले दिएको जानकारीअनुसार उनीहरूले चलाइरहेको कार सुरुमा एक कंगारुसँग ठोक्किएको थियो। त्यसपछि घाइते कंगारुलाई सहयोग गर्ने उद्देश्यले सडक किनारमा उत्रिएका बेला पछाडिबाट तीव्र गतिमा आएको अर्को कारले ठक्कर दिएको हो।
अध्याँरो र खराब मौसमका कारण नियन्त्रण गुमाउँदा कार चिप्लिएर ठक्कर दिँदा घटनास्थलमै क्रेगीबर्नकी ३० वर्षीया सरला खड्काको मृत्यु भएको थियो। थमास्टाउनकी ३० वर्षीया अरिजा सुवाललाई हेलिकप्टरमार्फत अस्पताल पु¥याइए पनि उपचारका क्रममा उनको पनि निधन भएको हो।
दुर्घटना गराउने कारका चालकले घटनास्थलमै रोकिएर प्रहरीलाई अनुसन्धानमा सहयोग गरिरहेको भिक्टोरिया प्रहरीले जनाएको छ। दुवै नर्स नपालको कुन ठाउँका हुन भन्ने खुलिसकेको छैन।