पोखरामा जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएको घरमा युवतीको शव भेटियो

पोखरा– पोखरा महानगरपालिका–९ नयाँबजारस्थित गाडी सोरुम र घरमा मंगलबार भएको आगजनीमा एक युवतीको मृत्यु भएको छ।

प्रत्यक्षदर्शी र प्रहरीका अनुसार, प्रदर्शनकारीहरूले अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्व अध्यक्ष ध्रुव थापाको हिमालय अर्गनाइजेसनमा आगजनी गरेका थिए। सोही आगजनीमा सहयोगीको रूपमा कार्यरत महिलाको जलेर मृत मृत्यु भएको हो। उनको नाम र ठेगाना सार्वजनिक गरिएको छैन।

प्रहरीका अनुसार, युवती भवन बाहिर मोबाइल लिन गएको बेला आगोमा परेकी हुन्। मंगलबार प्रदर्शनकारीहरूले गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठान र उनका भाई ध्रुव थापाको गाडी सोरुममा लुटपाट, तोडफोड तथा आगजनी गरेका थिए।

आगजनीमा ध्रुव थापाको गाडी सोरुम जलेको अवस्थामा रहेको थियो भने भवनभित्रको सामान पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनाले स्थानीयवासी र व्यवसायी समुदायमा ठूलो त्रास फैलाएको छ।

प्रहरी र सुरक्षा निकायले घटनाको छानबिन गर्दै घटनास्थलको सुरक्षामा ध्यान केन्द्रित गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट