१३ वर्षीय अफगानी बालक विमानको ह्वील वेलमा बसेर दिल्ली आइपुगे

काठमाडौँ– भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल ३ को प्रतिबन्धित क्षेत्रमा घुमिरहेको अवस्थामा १३ वर्षीय अफगानी बालक पक्राउ भएपछि सबैलाई अचम्मित बनाउने घटना सार्वजनिक भएको छ।

सोधपुछको क्रममा बालकले खुलासा गरे कि उनी काबुलबाट इरान भाग्ने योजना बनाउँदै थिए, तर गल्तीले सोही विमानमा चढे र सिधै दिल्ली आइपुगे। आश्चर्यजनक कुरा के छ भने, बालक उड्डयनको क्रममा विमानको पछाडिको ह्वील वेलमा बसेका थिए, जहाँ तापक्रम माइनस ६० डिग्री सेल्सियससम्म झर्छ र अक्सिजनको स्तर अत्यन्त कम हुन्छ।

हिन्दुस्तान टाइम्सका अनुसार बालक ९४ मिनेटसम्म ३० हजार फिटको उचाइमा जीवित रहे। उनले बताए, ‘म काबुल एयरपोर्टमा यात्रुको पछिपछि गाडीमार्फत प्रवेश गरेको र त्यसपछि रनवे नजिक पुगेर ह्वील वेलमा लुकेको थिएँ।’

उड्डयन विशेषज्ञ क्याप्टेन मोहन रंगनाथनका अनुसार, यस्तो यात्रा लगभग असम्भव छ। उनले भने, ‘टेक–अफपछि ह्वील वेल भित्र सर्छ र ढोका बन्द हुन्छ, जसले सीमित चाप र तापक्रम बनाउँछ। ३० हजार फिट उचाइमा जीवित रहनु अत्यन्तै कठिन कार्य हो।’

चिकित्सकहरूका अनुसार, १० हजार फिटभन्दा माथि अक्सिजनको स्तर धेरै कम हुन्छ र मानिस केही मिनेटमै बेहोस हुन सक्छ। तापक्रम माइनस ५० डिग्रीसम्म पुगे शरीरमा गम्भीर हाइपोथर्मिया हुनसक्छ। यस्तो अवस्थामा जीवित रहने सम्भावना केवल २० प्रतिशत मात्र हुन्छ।

यो भारतमा यस्तो घटना दोस्रोपटक सार्वजनिक भएको हो। सन् १९९६ मा दिल्लीबाट लन्डन जाने ब्रिटिस एयरवेजको उडानमा ह्वील वेलमा लुकेका दुई युवकमध्ये एकको मृत्यु भएको थियो, अर्का उक् बच्न सफल भएका थिए।
बालक कानुनी रूपमा नाबालिग भएकाले कुनै कारबाही हुँदैन। तर, काबुल एयरपोर्टको सुरक्षा र अन्तर्राष्ट्रिय उड्डयनमा बालकको जोखिमपूर्ण यात्रा पुनः सुरक्षाका प्रश्न उठाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट