‘पैसा छैन, तक्मा बेच्छु’ भन्ने महावीरको सादगीको भ्रमः बंगलादेशमा १ करोड तिरेर एमबीबीएस पढ्दैछिन् छोरी

काठमाडौँ– जेनजी आन्दोलनपछि उत्पन्न देशको असाधारण परिस्थितीलाई सम्वोधन गर्न राजनीतिक दलसँग सम्वन्ध नभएका र स्वच्छ छविका मान्छे भन्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भयो। मन्त्रिपरिषदका सदस्यहरु पनि त्यसैगरी छानिएका छन्।

कार्कीको नेतृत्वमा हाल ८ सदस्यीय मन्त्रिमण्डल तयार भएको छ। एक पक्ष नागरिकको नजरमा उनीहरु स्वच्छ छविका र इमान्दार ब्यक्तिमा पर्छन। यद्यपी, प्रधानन्यायाधीश हुँदा कानुन विपरित न्यायपरिषदका बहुमत सदस्यले दुईजना सदस्यलाई नसोधी उच्च अदालतमा ८८ न्यायाधीश नियुक्त गरिएको भन्दै मुद्दा परेको थियो। राजनीतिक दलको स्वार्थ अनुकुल काम गरेको भन्दै कार्कीमाथि आरोप छ। यतिमात्र होईन, उनलाई भारतको गोटी बनेर अन्तरिम सरकारको प्रधानमन्त्री बनेको आरोप पनि छ।

उनको मन्त्रिपरिषदमा भएका सदस्यहरु पनि त्यस्तै छन्। कुलमान घिसिङ विरुद्ध अख्तियारमा मुद्दा नै परेको छ। यतिमात्र होईन, अधिकांश मन्त्रिलाई आईएनजीओ र विदेशीका खेताला भएको आरोप लाग्छ। तर, उनीहरु यसअघि सामाजिक सञ्जालमा चर्चा कमाएका र एकथरी मानिसले हिरो घोषणा गरेका ब्यक्तिहरु छन्।

जगदिश खरेल, महाविर पुन, रामेश्वर खनाल, ओम प्रकाश आर्याल, मदन प्रसाद परियार, अनिल कुमार सिन्हा सवै चर्चित अनुहार हुन। उनीहरु मन्त्रि वन्नुमा सामाजिक सञ्जालको पनि योगदान छ। वास्तविक्ता जस्तो भएपनि सञ्जालमा उनिहरुको चर्चा धेरै छ।

नेपालको अहिलेको परिवेश भनेको ‘आफना आलोचनात्मक पक्षलाई लुकाएर जस्ले आफुलाई इमान्दर र जनप्रेमी भएको सोअफ गर्न सक्छ, उ तत्क्षेण भगवान सरह वन्छ। उसको वारेमा वुझ्ने वा वास्तविक्ता पत्ता लगाउने भन्दा पनि हल्लाको पछि लागेर कसैलाई देवत्वकरण गर्ने र मन नपरेकोलाई दानवीकरण गर्ने प्रवृत्ति वढ्दो छ। सामाजिक सञ्जालले यसलाई मलजल गरिरहेको छ।

वर्तमान मन्त्रिपरिषदका कतिपय सदस्य यही प्रवृत्तिका उदाहरण हुन। जो चर्चाका लागि स्टण्ट गर्न पनि तयार हुन्छन् भन्ने कुरा पुष्टि हुँदै गएको छ। नागरिकको मनोभावना अनुसार आफुलाई प्रस्तुत गर्न सिपालु यि अनुहार मध्ये एउटा अनुहार हो, महावीर पुनको।

सतही रुपमा हेर्दा पुन सादगी र परिवर्तनका प्रतिमुर्ति हुन। उनको योगदान, दृष्टि र कामलाई धेरैले उच्च सम्मान गरेका छन्। तर, उनको आलोचना गर्ने र प्रश्न उठाउने पनि कम छैनन्। नेपाल वायरलेस प्रोजेक्ट र राष्ट्रिय आविष्कार केन्द्र जस्ता योजनामा ठूला सपना देखाइए पनि, व्यवस्थापनको प्रणालीगत पारदर्शिता र दीर्घकालीन वित्तीय स्थायित्वबारे उनीमाथि प्रश्न उठाइन्छ।

अनुदान, सहयोग र जनताबाट उठाइने चन्दा वा सहयोग रकम कहाँ र कसरी खर्च भएको छ भन्ने विषयमा पनि उनी प्रश्नको घेरामा छन्। पुनलाई ‘एकल नेतृत्व’ मा बढी निर्भर हुने व्यक्ति भनेर आलोचना गरिन्छ।

संस्थागत संरचनाभन्दा पनि व्यक्तिगत पहलमै धेरै काम टिकेका कारण दीर्घकालमा निरन्तरता कठिन हुने भनाइ छ। ग्रामीण भेगमा इन्टरनेट विस्तार वा आविष्कार केन्द्रमार्फत बनाइएका प्राविधिक उपकरणहरूलाई व्यवहारमा व्यापक उत्पादन र बजारमा उतार्न नसकेको टिप्पणीले उनलाई उम्कन दिएको छैन।

पुनले राजनीतिक नेतृत्व र सरकारप्रति प्रायः आक्रोश प्रकट गर्ने गरेका थिए। तर आलोचकहरू भन्छन– केवल आक्रोशले मात्र नीतिगत सुधार सम्भव हुँदैन, व्यवहारिक र संस्थागत रूपमा राज्यसँग समन्वय गर्ने क्षमतामा उनको कमजोरी छ।

महावीर पुनको व्यक्तित्व, त्याग र संघर्षले ठूलो लोकप्रियता पाएको भए पनि, त्यो लोकप्रियता अनुसार नतिजा वा ठोस प्रभाव पर्याप्त रूपमा देखिएको छैन। कतिपय विश्लेषकहरु भन्छन– उनको योगदान प्रतीकात्मक स्तरमा बढी देखिन्छ, तर संरचनात्मक परिवर्तन त्यो अनुपातमा देखिँदैन।

यसैक्रममा उनी अहिले कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भएका छन्। सरकार प्रति आक्रोश ब्यक्त गर्ने उनी अव ब्यवहार देखाउन पर्ने ठाउँमा पुगेका छन्। तर, उनले सरकारमा गएपछि पनि चर्चाको एउटा सिँढी चढ्न भ्याई हाले। आफ्नो घर र डेरा नभएको भनेर मन्त्रालयलाई नै निवास बनाए। खाना बनाउने मान्छे चाहिँदैन भनेर विदा गरे। सुरक्षा आवश्यक छैन भनेर सुरक्षाकर्मी हटाए। सोमबार सुरक्षा गार्ड मात्र लिएर पोखरा पुगे।

किताब बेचेको पैसाले आविष्कार केन्द्र खोलेको र पैसा नभएकोले आफूले पाएका तक्मा बेच्ने भन्दै उनी चर्चा बटुल्दै आएका छन्। ‘मलाई पुरस्कार नदिनु, म वेचिदिन्छु’ भन्छन्। ‘आम्दानीको स्रोत छैन, साथीहरुले दिएको सहयोगबाट परिवार चलाएको छु’ पनि भन्छन्। तर, पुनले भने जस्तो बास्तविक्ता भने फरक भएको खुलेको छ।

अहिलेसम्म उनले आफनो वारेमा गलत प्रचार गरेको भन्दै टिकाटिप्पणी हुन थालेको छ। प्राइम टाइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा पुनले आफना श्रीमती र दुई छोरी पोखरामै रहेको दाबी गरेका थिए। एउटी छोरी पढ्दै गरेको र अर्की छोरीले नर्सिङ जागिर गरिरहेको पुनले बताएका थिए।

तर, पुनकी एउटी छोरी करिव १ करोड तिरेर बंगलादेशमा एमबीबीएस गरिरहेको खुलेको छ। त्यो पनि बंगलादेशको सबैभन्दा महंगो मेडिकल कलेजमा। पुनकी छोरी झरनाले बंगलादेशको ढाकास्थित जहुरूल इस्लाम मेडिकल कलेजबाट एमबीबीएस गरिरहेको बताइएको छ। नेपालका मेडिकल कलेजभन्दा बंगलादेशको उक्त मेडिकल कलेज बढी शुल्क लिनेमा पर्छ।

नेपालमा एमबीबीएस अध्ययनका लागि साढे ४१ लाखदेखि करिब ४६ लाखसम्म खर्च हुन्छ। तर, बंगलादेशको उक्त कलेजमा एमबीबीएस पूरा गर्न ४१ हजार डलर अर्थात करिब ६० लाख नेपाली रुपैयाँ लाग्छ। खाने र बस्ने समेतको हिसाब जोड्दा १ करोड बढी शुल्क लाग्ने बंगलादेशमै अध्ययनरत विद्यार्थीहरू बताउँछन्।

काठमाडौंको न्यूप्लाजास्थित आधार एजुकेशन प्रालिको फेसबुक पेजमा महावीरकी छोरी झरना बंगलादेशको ढाकास्थित जहुरूल इस्लाम मेडिकल कलेज २०२३÷२४ को सेसनमा एमबीबीएसमा भर्ना भएको उल्लेख छ। झरना बंगलादेश जाँदा पुन आफै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएर विदाई गरेको फोटो समेत सार्वजनिक भएको छ।

झरना छात्रवृत्तिमा पढ्न गएकी हुन् कि पूर्ण शुल्क तिरेर पढ्न गएकी हुन् खुल्न सकेको छैन। महावीरकी श्रीमती ओममाया र अर्की छोरी जुना भने पोखरामै छन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट