सामाजिक सञ्जालमा सार्वजनिक भएको नेपाली विद्यार्थी विपिन जोशीको भिडिओ दुई वर्ष पुरानो

काठमाडौँ— प्यालेस्टिनी अतिवादी समूह हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको पहिलो भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। Jerusalem Post का अनुसार यो भिडिओ सन् २०२३ को नोभेम्बरमा खिचिएको दुई वर्ष पुरानो हो। भिडिओले विपिन अझै जीवित छन् भन्ने प्रत्यक्ष प्रमाण नदिए पनि परिवार र नेपाली जनतामा आशा जगाएको छ।

विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत २०२३ अक्टोबर ७ मा इसराइल पुगेका थिए। इसराइल पुगेको २५ दिनमै हमासले उनलाई अपहरण गरी गजामा पु¥याएको थियो। त्यही दिनदेखि उनी बन्धक बनेका थिए।

बन्धक बनाएपछि विपिनको कुनै प्रत्यक्ष सम्पर्क परिवार वा नेपाली दूतावाससँग भएको थिएन। उनका परिवार, आमा पद्मा र बहिनी पुष्पा, विभिन्न माध्यमबाट विपिनको अवस्थाबारे जानकारी खोज्न प्रयासरत थिए।

हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओ करिब ३० सेकेन्ड लामो छ। यस भिडिओमा विपिनले आफ्नो परिचय मात्र दिएका छन्। उनले भनेका छन– ‘म विपिन जोशी। म नेपालबाट हुँ। २३ वर्षको भएँ। म २५ दिनअघि मात्रै इसराइल आएको थिएँ। लर्न एन्ड अर्न कार्यक्रममा आएको हुँ। म विद्यार्थी हुँ।’

Jerusalem Post का अनुसार, भिडिओ विपिनले सन् २०२३ को नोभेम्बरमा बन्धक अवस्थामा रहँदा खिचिएको थियो। भिडियो विपिनको परिवारलाई इसराइली सरकारले दिएको थियो, र त्यसबेला सार्वजनिक नगर्न भनेका थियो। अहिले परिवारको अनुमति र इसराइली स्वीकृतिपछि मात्र भिडिओ सार्वजनिक गरिएको हो।

विपिनको परिवारले भिडिओले विपिन जीवित रहेको संकेत दिने वताएको छ। विपिनकी आमा पद्मा र बहिनी पुष्पा साउन २६ गते इसराइल गएका थिए। त्यसपछि असोज ८ गते अमेरिका फर्केका थिए। अमेरिकामा रहेकी पुष्पाले भनेकी छिन्–‘२ वर्ष भइसक्यो। अब धेरै कुर्ने धैर्यता छैन। बन्धकहरूको सुरक्षित उन्मुक्तिका लागि दबाब होस् भनेर हामीले भिडिओ सार्वजनिक गरेका हौं। हामी बन्धकहरूको पीडा बुझ्न र उनीहरूको सुरक्षित फिर्तीको प्रयासमा छौं।’

भिडिओले विपिनको जीवित हुने संकेत त दिएको छ, तर ठोस प्रमाण भने छैन। युद्धविराम र बन्धक–मुक्ति प्रक्रियासँगै उनको सुरक्षित फिर्तीको आशा बढेको छ। यस घटनाले नेपाली विद्यार्थीहरूको सुरक्षा, विदेशमा अध्ययन र श्रम कार्यक्रमको व्यवस्थापन, साथै नेपाल–इसराइल कूटनीतिक सम्बन्धमा प्रश्न उठाएको छ।

नेपालका लागि इसराइलका राजदूत प्रा. डा. धनप्रसाद पण्डितले विपिनको अवस्थाबारे अहिलेसम्म कुनै प्रत्यक्ष जानकारी प्राप्त भएको छैन। उनले भने–‘इसराइली प्रधानमन्त्रीका सल्लाहकारले विपिनबारे केही नयाँ जानकारी आए तुरुन्त हामीलाई जानकारी दिने बताएका छन्। अहिलेसम्म दूतावास वा नेपाल सरकारसँग कुनै नयाँ प्रत्यक्ष सूचना आएको छैन।’

भिडिओ सार्वजनिक भएकै दिन इसराइल र हमासबीच युद्धविराम सम्झौता भएको थियो। सम्झौताअनुसार, हमासले शनिबारदेखि बन्धकहरू छोड्न सुरु गर्नेछ। अनुमानित ७२ घण्टाभित्र ४८ जना बन्धक (जिवित वा मृत) फिर्ता गरिने सम्भावना रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट