७० वर्षमा मन्त्री खान पुगेका महावीर पुनको दावीः ‘बुढो पुस्ताबाट देश बन्दैन, जिम्मेवारी जेन–जीले लिनुपर्छ’
													काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बुढो पुस्ताबाट देश नबन्ने तर्क गरेका छन्। आज विहान नयाँ बानेश्वरस्थित निर्वाचन कार्यालयमा पुगेर मतदाता नामावालीमा नाम लेखाएका पुनले पुरानो पुस्ताले देशको विकास गर्न नसक्ने दाबी गरेका हुन।
आफु चै ७० वर्षको उमेरमा इलाममा किताव वेच्दावेच्दै मन्त्री खान काठमाडौँ पुगेका पुनले आगामी सरकारलाई जेनजी पुस्ताले नेतृत्व गनुपर्ने बताए। ‘भगवान कसम, बुढो पुस्ताले देशलाई समृद्ध बनाउन एक सक्दैन, दुई सक्दैन, तीन सक्दैन, सक्दै सक्दैन, यो कुरा समयान्तरमा ध्रुवसत्य सबित भैसक्यो।’– उनले भने।
७० वर्षमा पहिलो पटक मतदान गर्ने तयारीमा रहेका पुनले जेनजी युवाहरुलाई भने चाँडो आफ्नो नाम दर्ता गराउन र देशप्रतिको जिम्मेवारी पुरा गर्न आग्रह गरेका छन्। ‘आम चुनावमा भोट दिनको लागि जिन्दगीमा पहिलो चोटी नयाँ बानेश्वर गएर नाम दर्ता गरियो’, उनले भनेका छन्, ‘१८ वर्ष पुगेका जेनजी पुस्ताका सम्पुर्ण भाइबहिनीहरुलाई अल्छी नगरी फाल्गुन २१ गतेको आम चुनावमा भाग लिनको लागि नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछु।’
मन्त्रीको सपथ लिने तयारीमा रहेका बेला पुनले आफूलाई बधाई नदिन र मन्त्री नभन्न आग्रह गरेका थिए। पुनले आफूले पाँच महिनाको अबधिमा गर्नसक्ने र गर्नै पर्ने कामको बारेमा सुझाव दिन आग्रह गरेका थिए।
राष्ट्रिय आविष्कार केन्द्रको अध्यक्ष रहेका पुन आविस्कार केन्द्र स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले परिचित छन्।

