सुशीला कार्की नेतृत्वको सरकार ढाल्न आफूलाई कल्याण श्रेष्ठले उचालेको सुदन गुरुङको दाबी
काठमाडौँ— भदौ २३ गतेको जेन–जी आन्दोलनमा ‘पानी बाँड्ने स्वयंसेवक’को भूमिकाबाट अचानक जेनजी आन्दोलनका अगुवाका रूपमा सतहमा आएका ‘हामी नेपाल’ नामक एनजिओका संस्थापक सुदन गुरुङले आफू राजनीतिक खेलमा प्रयोग गरिएको सनसनीपूर्ण खुलासा गरेका छन्।
हालै एक शीर्ष सुरक्षा अधिकारीसँगको भेटमा उनले बिचौलिया दीपक भट्ट र पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले आफुलाई प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध उचालेको खुलासा गरेका हुन। प्रधानमन्त्री सुशीला कार्कीको राजिनामा मागेका गुरुङले पछिल्लो पटक भने आफुले गलत अभिव्यक्ति दिएको रहेछु भन्ने स्वीकारेका छन्।
गुरुङ स्वभावैले हठी, आवेगमा बोल्ने र प्रक्रियाभन्दा परिणाममा बढी केन्द्रित मानिन्छन्। जेनजी आन्दोलनका अन्य युवाअगुवा जस्तै संयमित भाषा प्रयोग नगर्ने, छलफलभन्दा फ्याट्ट बोलिहाल्ने उनको बानीले उनी निरन्तर विवादमा आइरहेका छन्। जेनजी प्रदर्शनमा ‘प्रहरीलाई गोली चलाउन आदेश’ दिएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन सिडिओविरुद्ध कारबाही नहुँदा उनी निरन्तर असन्तुष्ट रहँदै आएका छन्।
यसबीच, केही समयअघि उनले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका थिए। त्यसअघि भने उनी गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन आक्रोशित देखिन्थे। यही सन्दर्भमा कुरा गर्न उनी हालै एक उच्च फौजी कमाण्डरकहाँ पुगेका बेला ‘म केही व्यक्तिको उक्साहटमा परेर प्रधानमन्त्रीको राजीनामा मागेको हुँ’ भन्दै कल्याण श्रेष्ठ र दीपक भट्टको नाम खुलेर भनेको जनआश्था डटकमले लेखेको छ।
राज्य सञ्चालनमा कानुनी प्रक्रिया, संस्थागत जिम्मेवारी र संवैधानिक सीमाहरूको चर्चा गर्दै अधिकारीहरूले उनलाई सम्झाउने प्रयास गर्दा उनी सहमत भएजस्तो देखिए। त्यसै वेला उनले ‘मलाई कल्याणहरूले भड्काएका रहेछन्, यिनलाई कारबाही हुनुपर्छ।’ भन्दै प्रतिक्रिया दिएको जनाईएको छ।
आफुले प्रश्ताव गरेको ब्यक्तिलाई मन्त्री नबनाइएकोमा पनि गुरुङ सरकारप्रति असन्तुष्ट छन्। उनी आफैँ एक समय गृहमन्त्री बन्न चाहन्थे। पछिल्लो मन्त्रिपरिषद् विस्तारमा कम्तिमा एक जनालाई त्यसमा पनि विशेषगरी महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा आफुले सिफारिस गरेको ब्यक्ति मन्त्री बन्नु पर्ने उनको चाहना थियो। उक्त मन्त्रालयमा आफ्नो प्रभाव राख्ने चाहनामा उनी भावना राउतलाई मन्त्री बनाउन चाहान्थे। तर प्रधानमन्त्री कार्कीले रक्षा बमलाई रोजेपछि उनी झन् असन्तुष्ट बने।
रक्षा बमसँग गुरुङको व्यक्तिगत वैमनस्य रहेको बताइन्छ। गृहमन्त्री अर्यालका पिए धिरज जोशीमार्फत रक्षा मन्त्री बन्ने ‘लबी’ चलिरहेको भनी बुझेका गुरुङले उनलाई रोक्न हरसम्भव प्रयास गरेको स्रोतको दाबी छ। तर प्रधानमन्त्री कार्कीले पछिल्लो भेटमा खुलेरै रक्षा बमको प्रशंसा गरेपछि गुरुङ थप चिढिएका छन्।
सुदन गुरुङले आरोप लगाएका कल्याण श्रेष्ठमाथि भने अहिले नैतिक र राजनीतिक रूपमा अझै गम्भीर प्रश्न उठिरहेका छन्। न्यायालय भित्रै ‘समानान्तर सत्ता’ चलाएको, सरकार अस्थिर बनाउने खेलमा लगातार सक्रिय रहेको तथा प्रतिनिधिसभा पुनःस्थापना गराएर आफूलाई प्रधानमन्त्री पदमा पु¥याउने योजना बनाउादै आएको जस्ता आरोप उनीमाथि लाग्दै आएका छन्।
यस्तै बेला सुदन गुरुङको यो स्वीकारोक्ति बाहिर आउनुले राजनीतिक वृतमै नयाँ तरंग पैदा भएको छ। श्रेष्ठले हालसालै संसद पुनःस्थापनाको माग गरिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको जानकारी पनि सार्वजनिक भएको छ।
समाज कल्याणमा गुरुङको चासो
स्रोतका अनुसार गुरुङको संस्थाले विगत केही वर्षमा विदेशबाट करोडौँ रकम ल्याएको देखिएको छ। तर, धेरै समयदेखि साधारण सभा नभएको, निर्णय प्रक्रिया अस्पष्ट रहेको र सरकारी नियमन उलंघन गरेको आशङ्का छ।
संघसंस्था नियमनको जिम्मेवारी पाएको महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा आफनो अनुकुल मान्छे पु¥याएर संस्थालाई अपडेट गर्ने योजनामा गुरुङ रहेको स्रोतको दावी छ। तर, रक्षा बमका कारण उनको योजनामा तुसारापात भएको जनाईएको छ।
गुरुङको योजनामा उनैले सिफारिस गरेकी प्रधानमन्त्री सुशीला कार्कीले पनि चासो नदिएपछि उनी भड्किएर सरकार र मन्त्री विरुद्ध वोल्दै हिडेको वताईन्छ।

