मोरङको बेलवारीमा खानामा विष मिसाएर भतिजी वुहारीले गरिन काकी सासुको हत्या

विराटनगर— मोरङमा हजुरबुबा उमेरका ब्यक्तिले १३ वर्षीया बालिकाको वलात्कारपछि हत्या गरेको घट्ना सेलाउन नपाउँदै भतिजी वुहारीले खानामा विषादी मिसाएर हजुरआमा सासुको हत्या गरेको घट्नाले सनसनी मच्चाएको छ।

बेलबारी नगरपालिका–२, सिंहदेवी टोलमा पारिवारिक विवादले भतिजी वुहारी ३२ वर्षीया सुनिता कार्कीले खानामा विषादी दिएर ७७ वर्षीया इन्द्रमाया राईको हत्या गरेकी हुन। विष सेवनबाट ससुरा ७० वर्षीय भक्तबहादुर राई गम्भीर अवस्थामा छन्।

शनिबार दिउँसो करिब ३ बजेतिर भक्तबहादुर राई घरभन्दा केही टाढाको खोल्सीमा अचेत अवस्थामा भेटिएका थिए। स्थानीयले उद्धार गरी घर पु¥याउँदा आँगनमै इन्द्रमाया पनि बेहोसी आवस्थामा ढलिरको भेटिइन्। आँगनमा तीनवटा कुखुरा पनि मरेको अवस्थामा भेटिएपछि ‘खानामा विष मिसाइएको’ आशंका वढेको थियो।

दुवैजनालाई तत्काल विराटनगरस्थित नोबेल मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा इन्द्रमायाको शनिबार राति मृत्यु भयो भने भक्तबहादुरको गम्भीर अवस्थामा उपचार भइरहको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा भतिजी बुहारी सुनितालाई पक्राउ गरिसकेको छ। उनले सो अपराध स्विकार गर्दै पारिवारिक विवादका कारण विष खुवाएको बताएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले बताए।

कार्कीले विष खुवाएपछि प्रमाण नष्ट गर्ने उद्देश्यले विषको बट्टा अँगेनामा डढाएको खुलेको प्रहरी स्रोत बताउँछ। जलेको बट्टा प्रहरीले बरामद गरिसकेको छ। प्रहरीका अनुसार भक्तबहादुर र इन्द्रमायाका आफ्ना सन्तान छैनन्। वृद्ध दम्पतीसँग भतिजो प्रशान राई र उनकी श्रीमती सुनीता बस्दै आएका थिए। प्रशान घर बाहिर रहेका बेला सुनीताले भने वृद्ध अवस्थाका सासू र ससुरालाई खानामा विष मिसाएर खुवाएको पत्ता लागेको प्रहरीले जनाएको छ।

विष खुवाउनुको कारण पत्ता लाग्न बाँकी छ। विस्तृत अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने जानकारी डीएसपी चौधरीले दिए। कार्कीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा म्याद थपेर अनुसन्धान अघि बढिरहेको प्रहरीको भनाइ छ।

शान्त गाउँ एकाएक घरेलु विषकाण्डको केन्द्र बनेपछि स्थानीयले परिवारभित्रै यो स्तरको हिंसा कसरी विकसित भयो भन्ने प्रश्न उठाएका छन्। यो घटनाले समुदायमा घरेलु विवाद कति त्रासदीपूर्ण दिशातर्फ मोडिन सक्छ भन्ने कठोर सन्देश दिएको स्थानीयहरु वताउँछन्।

प्रहरीले हिजै मात्र मोरङको लेटाङ नगरपालिका–२ फडानी गाउँका नवीन गौतमकी १३ वर्षीया छोरी अंशुको बलात्कारपछि हत्या गरेको घट्नामा संलग्न छिमेकी ५९ वर्षीय पदम अधिकारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ। गत दसैंको चहलपहलका दिन (२१ असोज) को दिउँसो घरबाट पिङ खेल्न भनेर हिँडेकी अंशुको शव १८ दिनपछि (कात्तिक ७ गते) बेलबारी–चिसाङ साझेदारी वनभित्र फेला परेको थियो। उनी घर नजिकै लक्ष्मी माविमा कक्षा ५ मा पढ्दै थिइन्।

घटनाका मुख्य अभियुक्त अधिकारीलाई प्रहरीले भारतको असामस्थित तीनसुकियाबाट पक्राउ गरी ल्याएको हो। प्रहरीका अनुसार असोज २१ गते अंशुकी मिल्ने साथीसँग स्कुल नजिकै खेलिरहेको अवस्थामा पदमले भेटेका थिए। खेलिरहेकी साथीलाई ५ रुपैयाँ दिएर पदमले अन्तै पठाए। त्यही बेला उनले अंशुलाई घाँस काट्न जान लागेकाले सहयोग गरिदिन भने।

अंशुले ‘हुन्छ’ भनेपछि साइकलको क्यारिअरमा अंशुलाई राखेर घरदेखि करिब ४ किलोमिटर टाढा जंगलमा लगे। पहिला बलात्कार गरे। त्यसपछि घटना थाहा हुने डरले पहिला घाँटी थिचे अनि घाँस काट्न लगिएको हँसियाले रेटेर अंशुको हत्या गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट