दुध वेच्न हिँडेका घिमिरेको हात्तीको आक्रमणमा मृत्यु

विराटनगर— मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा शनिबार बिहान हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ।

स्थानीय संगम टोल निवासी ६० वर्षीय भवकृष्ण घिमिरे बिहान करिब ५ बजे दूध बेच्न घरबाट निस्कँदै गर्दा हात्तीको आक्रमणमा परेका थिए। अचानक बाटोमै हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्।

घटनापछि हात्तीको बथान उत्तरतर्फ रहेको चारकोसे जङ्गलतर्फ फर्किएको जनाईएको छ। यस घटनाले जङ्गल आसपासका बस्तीमा त्रास फैलिएको छ भने हिउँद सुरु भएसँगै मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी उपाय आवश्यक रहेको आवाज पुनः उठ्न थालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट