उदयपुरमा दाउरा काट्ने क्रममा रुखको हाँगाले लागेर ४२ वर्षीया महिलाको मृत्यु
उदयपुर— उदयपुरमा दाउरा काट्ने क्रममा रुखको हाँगाले लागेर एक महिलाको मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका–७, हाङबजारकी ४२ वर्षीया नमिता राईको शुक्रबार बिहान रुखको हाँगा लागेर मृत्यु भएको हो।
घरदेखि केही पर रहेको बसन्त पञ्चमी सामुदायिक वनमा सुकेको रुख ढाल्ने क्रममा अचानक हाँगा उछिट्टिएर शरीरमा लाग्दा राई गम्भीर रूपमा घाइते भएकी थिइन्। स्थानीयले तत्काल उद्धार गरी नगर अस्पताल बेलटार पु¥याए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
सामुदायिक वनमा दाउरा संकलनजस्तो नियमित देखिने काममा समेत पर्याप्त सुरक्षा उपाय नअपनाइँदा यस्ता घटनाहरू दोहोरिँदै आएका छन्। इलाका प्रहरी कार्यालय बेलटारका अनुसार मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ।
घटनासम्बन्धी कानुनी प्रक्रिया सुरु गरिएको छ। प्रारम्भिक अनुसन्धानमा यो घटना दुर्घटनाजन्य देखिए पनि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

