धुलिखेलमा ढलले बगाएर ५० वर्षीया महिलाको मृत्यु

काठमाण्डौं– काभ्रेको धुलिखेलमा ढलले बगाएर मंगलबार एक महिलाको मृत्यु भएको छ। धुलिखेल नगरपालिका–४ श्रीखण्डपुरमा ढलले बगाएर बेपत्ता बनाएकी महिलाको शव भेटिएको हो।

रामेछापको खाडादेवी गाउँपालिका–३ घर भई पनौती नगरपालिका–५ नैकिनटार बस्ने ५० वर्षीया भगवती भागदासलाई ढलले बगाएको थियो। उनी ढलको मकलभित्र छिरेर बेपत्ता भएकी थिइन्। बाटो हिंड्दा वर्षाका कारण उनी ढलभित्र छिरेको जनाईएको छ।

खोजतलास गर्ने क्रममा साढे ११ बजे बगाएको ठाउँबाट करिव ३ सय मिटर तल खेतमा उनको शव भेटिएकोप्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले महिलाको शव भेटिएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट