खोटाङको याम्खामा आर्थिक अभावका कारण झाडापखलाको उपचार नपाएर ४ वर्षीय बालकको मृत्यु
दिक्तेल– खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१, याम्खामा उपचार नपाएर झाडापखाला लागेका ४ बर्षीय बालकको मृत्यु भएको छ। स्थानीय युवराज भुजेलका चार वर्षीय छोरा दीपशन भुजेलको आईतबार साँझ मृत्यु भएको हो।
३ दिनदेखि झाडापखालाबाट ग्रसित दीपशनको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा मृत्यु भएको हो। अस्पतालले ढिलो गरी ल्याएका कारण उपचार नपाउँदा बालकको ज्यान गएको बताएको छ। जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रूपेश संग्रौलाका अनुसार दिपशनलाई अस्पताल पु-याउँदा ढुकढुकी गइसकेको र आँखाको नानी फुलिसकेको थियो।
सिपिआर (छाती थिचेर गरिने उपचार विधि)बाट उपचार गर्दा डेढ मिनेटजति बालकको ढुकढुकी आए पनि त्यसपछिको प्रयास असफल भएको उनले वताए। घरमा हुँदा बालकलाई धेरैपटक झाडापखाला भएको र सिकिस्त बनेको खबर पाएपछि थप उपचारका लागि स्थानीयको सहयोगमा जिल्ला अस्पताल लगिएको हो।
मृतक बालक युवराज र अनुका तेस्रो सन्तान हुन। उनीहरुका अव दुई छोरी छन्। परिवारमा अझै दुई जना झाडापखालाले सिकिस्त छन्। स्वास्थ्य चौकी याम्खाका प्रमुख सिनियर अहेव सौजन राईका अनुसार युवराजकी आमा ६४ वर्षीया अमृता र कान्छी छोरी ६ वर्षीया अरुणालाई समेत झाडापखालाको समस्या देखिएको छ। उनीहरुको स्वास्थ्य चौकीले घरमै उपचार गरिरहेको छ।
स्थानीयका अनुसार युवराजको आर्थिक अवस्था अत्यन्तै कमजोर छ। गाउँमा ज्याला मजदुरी गरेर जिवन धान्दै आएका युवराज र अनुले उपचारका लागि खर्च अभाव भएका कारण छोरा गुमाएका हुन।
छोराको दाहसंस्कारमा आर्थिक अभाव भएकाले २६ हजार दुई सय चन्दा संकलन गरिएको सिनियर अहेव राईले जानकारी दिए।
लोकप्रिय
सप्तरीमा प्रदेश सांसद किरणकुमारी साहद्वारा सासु–ससुरामाथि ज्यादती, घरबाट निकालिएपछि १५ दिनदेखि भौतारिँदै वृद्ध दम्पती
संघीयता खारेज गर्ने प्रश्ताव गरेपछि जेनजी समुहमा एक्लिँदै मिराज ढुङ्गाना, अन्य सहभागिले भने– यो आन्दोलनको माग होईन
ताजा अपडेट
जाँचबुझ आयोगका सदस्यलाई सुदुरपश्चिमका पूर्वमुख्यमन्त्रीले ‘अपराधी’ भन्दै थर्काएर पठाए, कार्यक्रममा भाँडभैलो
