डोटीमा जिप दुर्घटना हुँदा चार जनाको घट्नास्थलमै मृत्यु
धनगढी — धनगढीबाट बाजुरातर्फ जाँदै गरेको जिप शनिबार राति डोटीको शिखर नगरपालिका अण्यौलमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।
ग २ च २७७६ नम्बरको बोलेरो जिप दर्घटना हुँदा बाजुराको हिमाली गाउँपालिका ५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा र उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र ८ महिनाकी प्रार्थना मलालको मृत्यु भएको हो।
प्रहरीका अनुसार घटनामा ५ जना घाइते भएका छन् । मृतक प्रार्थनाकी आमा बिमलाको टाउको चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।
घाइते हुनेहरूमा सोही ठाउँका प्रकाश बुढा, खोमबहादुर मलाल, दानबहादुर बुढा, बिमला मलाल,राजबहादुर मलाल रहेका छन् । उनीहरूको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ।
जिप सडकबाट ५० मिटर तल खसेको छ।
प्रतिक्रिया
लोकप्रिय
ताजा अपडेट
सांसद भएर पनि सुध्रिएनन् खगेन्द्र सुनारः ‘मास्टरलाई उत्तानो पारेर पैतालामा भाटा हान्नुपर्छ’ भनेपछि आलोचना
