डोटीमा जिप दुर्घटना हुँदा चार जनाको घट्नास्थलमै मृत्यु

धनगढी — धनगढीबाट बाजुरातर्फ जाँदै गरेको जिप शनिबार राति डोटीको शिखर नगरपालिका अण्यौलमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।
ग २ च २७७६ नम्बरको बोलेरो जिप दर्घटना हुँदा बाजुराको हिमाली गाउँपालिका ५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा र उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र ८ महिनाकी प्रार्थना मलालको मृत्यु भएको हो।
प्रहरीका अनुसार घटनामा ५ जना घाइते भएका छन् । मृतक प्रार्थनाकी आमा बिमलाको टाउको चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।
घाइते हुनेहरूमा सोही ठाउँका प्रकाश बुढा, खोमबहादुर मलाल, दानबहादुर बुढा, बिमला मलाल,राजबहादुर मलाल रहेका छन् । उनीहरूको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ।
जिप सडकबाट ५० मिटर तल खसेको छ।
प्रतिक्रिया