राप्रपाका अध्यक्ष लिङ्देन र सांसद ज्ञानेन्द्र शाही सिंहदरबार गेटबाट पक्राउ
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाही सिंहदरबार गेटबाट पक्राउ परेका छन्।
शाहीले सिंहदरबार गेटभित्रै नाराबाजी गरेपछि प्रहरीले दुबै जनालाई गाडीमा हालेर लगेको हो। प्रदर्शनमा निस्किनु अघि राप्रपाका सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका थिए।
निषेधित क्षेत्र तोड्ने कार्यक्रम राखेका उनीहरूले सिंहदरबार भित्रै प्रदर्शन गर्न सक्ने भन्दै निगरानीमा राखेको थियो। कार्यालयबाट बाहिर निस्किँदै गर्दा राप्रपा अध्यक्ष लिङ्देनले सञ्चारकर्मीसँग प्रतिक्रिया समेत दिएका थिए।
राप्रपाका कार्यकर्ताहरू भने बानेश्वरस्थित निषेधित क्षेत्र अगाडि प्रदर्शन गरिरहेका छन्। उनीहरूले पनि प्रदर्शन गरी प्रहरीले राखेको ब्यारिकेड भत्काउन खोजेका थिए।
प्रतिक्रिया
लोकप्रिय
ताजा अपडेट
टीओबी समूहका तेन्जिन दावा प्रहरी अनुशन्धानको केन्द्रविन्दुमा, लागुऔषधदेखि हिंसात्मक उपद्रवसम्मको तीनवटा मुद्दा

