ट्रकको ठक्करबाट शनिश्चरे गाविसका पूर्वउपाध्यक्ष टंकप्रसाद बरालको मृत्यु

दमक — ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा झापाको शनिश्चरे गाविसका पूर्वउपाध्यक्ष टंकप्रसाद बरालको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मेचीनगर नगरपालिका–१३ मा बुधबार अपराह्न बुधबार अपरान्ह भएको दुर्घटनामा उनको मृत्यु भएको हो।

अर्जुनधारा नगरपालिका–१० निवासी बराल सवार मे.८ प ६४९८ नम्बरको मोटरसाइकललाई प्रगति सामुदायिक वन नजिक बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको ना.३ ख २३५३ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका बराललाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

ट्रक चालक पाँचथरको फिदिम नगरपालिका–११ का ३८ वर्षीय ठालुप्रसाद एक्तेन लिम्बुलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रण लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट