झापामा दुई सरकारी कर्मचारीको कुटाकुटले अरुलाई रमिता, भीडीओ भाईरल

दमक– झापामा २ सरकारी कर्मचारीबीच भएको कुटाकुटको भीडीओ अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ।

उक्त भीडीओ भद्रपुरस्थित भेटेरिनरी अस्पतालको भएको खुलेको छ। भीडीओको सुरुमा दुई कर्मचारी गफ गरिरहेको देखिन्छ। केही समयपछि एक कर्मचारीले अर्को कर्मचारीलाई टाउकोमा मुक्का हनेको देखिन्छ।

यो भीडीआमा कुटाकुट गर्ने कर्मचारी भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरका सातौं तहका पशु चिकित्सक सुजन राई पाँचौं तहका कर्मचारी रोहित महत हुन। घट्ना सोमबार दिउँसोको हो।

करिब २ मिनेट १० सेकेन्ड लामो उक्त भीडीओमा राईले हातमा हथौडा बोकेर महतलाई धम्क्याउँदै औंला ठड्याएको र लगत्तै मुक्का प्रहार गरेको स्पष्ट देखिन्छ। झगडा छुट्ट्याउन खोज्दा चौथो तहका कर्मचारी दिवाकर सुनरैतको टाउकोमा गम्भीर चोट लागेको छ।

दुई कर्मचारीबीचको विवादको कारण भने लिक्विड नाइट्रोजन र पशु वीर्य (सिमेन)को हिसाबकिताब रहेको खुलेको छ। महतले सिमेन संरक्षण तथा रेकर्ड राख्ने जिम्मेवारी पाएका थिए। उनको जिम्मेवारीमा रहेका सामग्री राईले पटक पटक लगेपनि प्रतिवेदन नदिएपछि विवाद सुरु भएको पाईएको छ।

सिमेनको करिब ५ सय रुपैयाँको हिसाव नवुझाएका राई सोमबार फेरी सिमेन माग्न पुगेका थिए। महतले ‘पहिलेको प्रतिवेदन र बक्यौता रकम नबुझाएसम्म सामान नदिने’ भनेपछि विवाद सुरु भएको जनाईएको छ।

झापाका सीडीओ गोपालकुमार अधिकारीले कर्मचारीका बीचमा मुनमुटाव हुँदा घटना भएको र दुवैलाई बोलाएर छलफल गराएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट