राजगद्दी हत्याउन फेरी जुर्मुराउँदै पूर्वराजा ज्ञानेन्द्रः कमल थापादेखी दीपक सिंह र रविन्द्र शाहलाई फकाउने यस्तो छ जुक्ति

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका दुवै खेमाका नेताहरुबीच भेटघाट भएको छ। १७ वैशाखदेखि नगरकोटस्थित सोल्टी वेस्ट इन्ड रिसोर्टमा बसिरहेका शाहले बुधबार र विहिबार विहान राप्रपाका नेताहरुसँग भेटघाट गरेका हुन।

ज्ञानेन्द्रले बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापासँग दुई घण्टा कुराकानी गरेका थिए। आज बिहान राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपाका नेता तथा सांसद दीपकबहादुर सिंह र सहमहामन्त्री रविन्द्र शाहलाई भेटेघाट भएको जनाईएको छ।

स्रोतका अनुसार पूर्वराजा शाहले राप्रपाका नेताहरुसँगको भेटमा खासगरी बाह्य शक्ति केन्द्रको भूमिका, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित राजनीतिक पुनरागमन र अवका दिनमा राजावादी आन्दोलनको दशा र दिशाका विषयमा छलफल भएको छ।

भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेको नेपाल भ्रमण र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनको विषयलाई उनले गम्भिरतापूर्वक लिएको जनाईएको छ।

केही दिनअघि नेपाल भ्रमण गरेर फर्किएका चौथाईवालेले नेपालका अधिकांश राजनीतिक दलका नेताहरुसँग भेट गरेका थिए। केही दिनअघिको राजावादी आन्दोलन र पछिल्लो तरल राजनीतिक अवस्थालाई मध्येनजर गरी भएको उनको भ्रमणलाई अधिकांशले चासो पूर्वक नियालिरहेका छन्।

अर्कोतर्फ एमालेको नेतृत्व लिने गरी प्रदेश स्तरिय भेटघाट गरिरहेकी पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउने विषयलाई राजावादीहरुले निकै चासो दिएका छन्। एमालेमा भण्डारीको उदयले राजनीतिमा सन्तुलन निर्माण गर्ने उनीहरुको विश्लेषण छ। कमल थापाले ज्ञानेन्द्रसँग यीनै विषयमा छलफल गरेको स्रोतको दावी गर्छ।

यता, १५ चैतमा तीनकुनेमा भएको आन्दोलनपछि पूर्वराजा रक्षात्मक अवस्थामा पुगेका छन्। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई फिल्ड कमाण्डर बनाएर गरिएको उक्त आन्दोलन हिंसात्मक भएपछि राजावादी आन्दोलन छिन्नभिन्न भएको छ। आन्दोलनमा २ जनाको ज्यान जानुका साथै लुटपाट र आगजनीका घट्नाले आन्दोलन प्रत्युत्पादक सावित भएको छ। प्रसाईँ, रविन्द्र मिश्रलगायतका नेताहरु अहिले पनि हिरासतमै छन्।

यही सेरोफेरोमा छिन्नभिन्न भएका राजावादी शक्तिहरुलाई एकत्रित गर्ने र निर्णायक आन्दोलनको वातावरण बनाउने विषयमा पछिल्लो भेटघाट भईरहेको स्रोतको दावी छ। राजावादी शक्तिहरु एक ठाउँमा नहुँदा आन्दोलन प्रभावकारी हुन नसकेको भन्दै विगतका आपसी मतभेद बिर्सिएर एकतावद्ध हुन ज्ञानेन्द्रले नेताहरुलाई आग्रह गरेका थिए।

उनले नवराज सुवेदीलाई सघाएर जान र आन्दोलनलाई निस्कर्षमा पु¥याउन आग्रह गरेको जनाईएको छ। यसअघि राजनीतिमा निष्क्रिय भैसकेका ८७ वर्षीय सुवेदीलाई राजावादी आन्दोलनको जिम्मा दिइएकोमा लिङ्गदेन र कमल वेखुस थिए। तर, पछिल्लो भेटघाटपछि उनीहरु पनि सुवेदीलाई सघाएर जान तयार भएको स्रोतले दावी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट