धनुषामा मोटरसाईकल दुर्घटना हुँदा २ युवकको मृत्यु

जनकपुर– धनुषामा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ।
सबैला नगरपालिका– ८ ठिल्लास्थित सडकमा म प्र ०२–००७ प ५५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा १६ र १८ वर्षका युवकको मृत्यु भएको हो।
प्रहरीका अनुसार मोटरसाइकल चालक १८ वर्षीय अमन राय र मोटरसाइकलको पछाडि सवार धनुषाकै विदेह नगरपालिका–७, जोगियाराका १६ वर्षीय अंगज कुमार रायको मृत्यु भएको हो। अमन स्थानीयवासी हुन।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया