उदयपुरमा स्कुल बस दुर्घटना हुँदा १ शिक्षकसहित २० जना बालबालिका घाईते, २ जनाको अवस्था जटिल

गाईघाट– मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिकास्थित नेपालटारबाट विद्यार्थी लिएर गैयातर्फ जाँदै गरेको स्कुल बस दुर्घटना हुँदा शिक्षक तथा विद्यार्थी गरी २० जना घाईते भएका छन्।

लिटिल फ्ल्वार्स बोर्डिङ स्कूलको ना ३ ख ६१९५ नंको बस ब्रेक फेल भएर उदयपुरगढी गाउँपालिका–६, मवासेमा दुर्घटना भएको हो। दुर्घटनामा मवासेका सञ्जय गिरीका छोरा ४ वर्षीय सौगात, उमेश गिरीकी छोरी ९ वर्षीया मिलीना, ईश्वर आले मगरका छोरा ९ वर्षीय प्रशान्त र केशव गिरीकी छोरी ११ वर्षीया स्मारिका घाईते भएका छन्।

यसैगरी, उदयपुरगढी– ६ का रीतबहादुर योन्जनका छोरा ८ वर्षीय रिदम, नेपालटारका श्यामकुमार राइका छोरा ८ वर्षीय समिर राई, मवासेका नवराज गिरीकी छोरी १७ वर्षीया दिपिका, ईश्वर आले मगरकी छोरी १० वर्षीया कौसिला, मदन गदाइलीकी छोरी ९ वर्षीया नाइसा, राकेश परियारकी छोरी ६ वर्षीया पुनम र अर्जुन परियारकी छोरी ८ वर्षीया आकृती घाईते भएको प्रहरीले जनाएको छ।

यस्तै, नबराज गिरीकी छोरी ९ वर्षीया दिव्या, धनबहादुर तामाङका छोरा १२ वर्षीय योगेश, मिथुन तामाङका छोरा १० वर्षीय पेशल, लाक्पा शेर्पाकी छोरी ५ वर्षीया पासाङ ल्यामु, सन्दिप तामाङी छोरी ९ वर्षीया कोपिला, सन्जिप गिरीका छोरा ५ वर्षीय सक्षम र दुर्गा बहादुर धौलाकोटीकी छोरी ५ वर्षीया एलिसा पनि घाईते छन्।

प्रहरीका अनुसार शिक्षक उदयपुरगढी–८ नरेटारका ३६ वर्षीय बेदबहादुर राई र राकेश परियारकी छोरी ९ वर्षीया प्रिन्षा पनि घाईते छन्। शिक्षक राईको सुनसरीको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रिन्साको विराटनगर स्थित नोवेल अस्पतालमा उपचार भईरहेको छ।

अन्य १८ जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भएको छ। बस चालक उदयपुरगढी गाउँपालिका–६ का २९ वर्षीय बिरबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट