मोरङमा विवाहका लागि तयार संरचनामा करेण्ट लागेर २ महिलाको मृत्यु

विराटनगर — मोरङमा विवाहका लागि तयार गरिएको संरचनाबाट करेण्ट लागेर दुई जनाको मृत्यु भएको छ। रतुवामाई नगरपालिका–३ मिर्चा डागीमा माइक राखिएको बाँस ढल्दा करेन्ट लागेर दुई जना महिलाको मृत्यु भएको हो।

स्थानीय मंगललाल सिंहका छोरा निरजकुमार सिंहको विवाह समारोहका लागि माइक बाँधिएको बासमा मंगलबार साँझ करिब साढे ८ बजे ढलेको थियो। अचानक आएको हावाहुरीका कारण बाँस ढलेर हाइटेन्सन लाइनमा अड्किएपछि सोही बाँसबाट करेण्ट लागेर घट्ना भएको हो।

करेण्ट लागेर छिमेकी सतारुलाल गनगाईकी ७३ वर्षीया श्रीमती सूर्यदेवी गनगाई र जतरुलाल गनगाईकी ७० वर्षीया श्रीमती रामुदेवी गनगाई गम्भीर घाइते भएका थिए। उनीहरुलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। तर, राति ९बजे उपचारकै क्रममा दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जानकारी दिएको छ।

घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट