भारतमा प्रेमिकाको हत्या आरोपमा नेपाली पक्राउ: २ सन्तानकी आमासँग फेसबुकबाट प्रेम, गर्भवती भएपछि हत्या

काठमाडौँ — दुई सन्तानकी आमासँग प्रेम सम्वन्धमा परेका भारतको हैदराबादमा वस्दै आएका एक नेपाली युवक उनै प्रेमिकाको हत्या आरोपमा बिहिबार पक्राउ परेका छन्।

३३ वर्षीया प्रेमिका तारा बोहराको हत्या आरोपमा ३० वर्षीय नेपाली विजय टोपा पक्राउ परेका हुन्। उनले नाईलनको डोरीले घाँटीमा कसेर प्रेमीकालाई हत्या गरेका थिए। हत्यापछि शवलार्य ट्रली ब्याग(सुटकेस)मा हालेर फ्याँकेको प्रहरी अनुशन्धानबाट खुलेको छ।

सोही ट्रली ब्यागका आधारमा प्रहरी टोपासम्म पुगेको हो। प्रहरीका अनुसार फेसबुकमार्फत चिनजान भएका टोपा र बोहोर यसै वर्षको अप्रिलदेखि ‘लिभ–इन रिलेसनसिप’ मा थिए। बोहरा विवाहित र दुई सन्तानकी आमा हुन।

हैदराबादकै एउटा भाडाको घरमा बस्दै आएका उनीहरूबीच बोहरा गर्भवती भएपछि झगडा भएको थियो। टोपाले गर्भपतन गराउन दबाब दिँदै आएको र नियमितजसो झगडा हुने गरेको तेलंगाना टुडेको समाचारमा उल्लेख छ ।

यसैक्रममा मे २३ मा बोहराको हत्या गरी अर्को दिन उनले कुकटपल्लीबाट ट्रली ब्याग किनेर ल्याई त्यसैमा राखेर बाचुपल्लीको खालि ठाउँमा शव फ्याँकिदिएका थिए। जुन ४ मा स्थानीयले उक्त ब्याग देखेपछि प्रहरीलाई खबर गरेका थिए।

उक्त घटनाको अनुसन्धान गर्न प्रहरीले ५ वटा विशेष टोली परिचालन गरेको थियो। सीसीटीभी फुटेजबाट ७० वटा ब्याग पसलमा छानबिन भएको थियो। त्यत्तिकैमा एउटा फुटेजमा टोपाले ब्याग किन्दै गरेको देखिएपछि प्रहरी घटनाको जरोसम्म पुगेको हो।

प्रहरीले टोपालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। प्रहरी समक्ष उनले अपराध स्वीकार गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट