पाँचथरमा २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ५३ वर्षीय पुरुष पक्राउ

विराटनगर — २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाँचथरको फालेलुङ गाउँपालिकाबाट एक जना पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति फालेलुङ–७ पापुङदेनका ५३ वर्षीय रत्नकुमार आङ्बो रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

आङ्बोलाई पीडित महिलाको जाहेरीका आधारमा आइतबार दिउँसो पक्राउ गरिएको हो।

बलात्कार सम्बन्धी आरोपबारे प्रारम्भिक अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ। हाल घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट