टोखामा गोली चल्यो, दुई प्रहरीसहित चार जना घाईते

काठमाडौं – काठमाडौंको टोखा क्षेत्रमा मंगलबार दिउँसो प्रहरी र लागुऔषध कारोबारी समूहबीच मुठभेड हुँदा गोली चलेर चार जना घाइते भएका छन्।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले टोखास्थित ग्राण्डी अस्पताल नजिकै लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने प्रयासमा गोली चलाएको हो। प्रहरीको गोली लागेर दुई जना लागुऔषध कारोबारी र दुई जना प्रहरी घाइते भएका छन्।
लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाका अनुसार, लागुऔषध कारोबारी भाग्न खोजेपछि गोली चलाउनुपर्ने स्थिति आएको हो। इन्स्पेक्टर राकेश यादवको टोलीकामा गएका प्रहरी रवीन्द्र केसी र नवराज घिसिङ घाइते छन्।
प्रहरी टोलीले कारोबारीको साथबाट १५० ग्रामभन्दा बढी ब्राउन सुगर बरामद गरेको छ। घाइते चारै जनालाई उपचारका लागि अस्पताल पठाइएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरिसकेको जनाएको छ।