एयर इण्डिया विमान दुर्घटनाः एक जना बाहेक सबै २४१ जनाको मृत्यु पुष्टि, यस्ता छन् दुर्घटनाका कारण

काठमाडौँ — भारतको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो विमान दुर्घटनाका रूपमा लिईएको एयर इण्डिया फ्लाइट बोइङ ७८७ ड्रीमलाइनर दुर्घटनामा २४२ यात्रु र चालक दलका सदस्यमध्ये एक जना बाहेक सबैको मृत्यु भएको पुष्टि गरिएको छ।

उक्त विमान १२ जुनको दिउँसो करिब ३ः३८ बजे अहमदाबादबाट लण्डन ग्याटविकका लागि उडेको थियो। टेकअफ गरेको करिब ६–७ मिनेटमै विमान अहमदाबादको मेघानी नगरस्थित बस्तीमा खस्दा ठूलो मानवीय क्षति भएको हो। दुर्घटनास्थलमा व्यापक आगलागी भएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार टेकअफका क्रममा विमानको कन्फिगरेसनमा ठूलो त्रुटि भएको आशंका गरिएको छ। स्रोतका अनुसार फ्ल्याप्स, थ्रस्ट (इन्जिनको शक्ति), रोटेशन स्पीड र ल्यान्डिङ गियर जस्ता महत्वपूर्ण सेटिङहरूमा त्रुटि भएको प्रारम्भिक अनुमान छ।

प्रत्यक्षदर्शी र भिडियो विश्लेषणका अनुसार टेकअफपछि पनि विमानको ल्यान्डिङ गियर उठाइएको थिएन। टेकअफका लागि आवश्यक न्यूनतम गति करिब २७० नट्स हुनुपर्नेमा विमानको गति १५० नट्स मात्र थियो। दुर्घटनाको समयमा अहमदाबादमा ४२ डिग्री सेल्सियस तापक्रम रहेको थियो। अत्यधिक गर्मीले विमानको थ्रस्ट र लिफ्टमा प्रत्यक्ष असर पारेको प्रारम्भिक निष्कर्ष निकालिएको छ।

यस्तो अवस्था विमान उडानको सबैभन्दा संवेदनशील क्षण मानिन्छ, जहाँ सानो गल्तीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ। विमानमा रहेका २४२ जना यात्रु र चालक दलमध्ये ब्रिटिश–भारतीय मूलका ४० वर्षीय रमेश विश्वास मात्र जीवित छन्। उनी इमरजेन्सी एक्जिट नजिकको सीट ११ए मा सवार थिए। उनी दुर्घटनाका क्रममा उछिट्टिएर बाँच्न सफल भएका हुन।

हाल अस्पतालमा उपचाररत छन्। ‘धेरै ठूलो आवाज आयो, मेरो सातो गएझै भयो। म अझै अचम्ममा छु, कसरी बाँचे।’– उनले भनेका छन्।

विमानका दुवै पाइलट—कप्तान सुमित सभरवाल र फस्र्ट अफिसर क्लाइव कुन्दर—अनुभवी र उच्चस्तरीय प्रशिक्षित थिए। तर प्रारम्भिक अनुसन्धानमा टेकअफको समयमा कन्फिगरेसनमा गल्ती भएको वा एक प्रमुख सेटिङ छुटेको हुनसक्ने अनुमान छ। यद्यपि, पाइलटले जानाजानी गल्ती गरे भन्ने प्रमाण अहिलेसम्म फेला परेको छैन।

अहिलेसम्म यान्त्रिक गडबडी, इन्जिन फेल वा बर्ड स्ट्राइकको पनि कुनै ठोस प्रमाण फेला परेको छैन। ब्ल्याक बक्स बरामद भइसकेको छ र त्यसको विश्लेषण भइरहेको छ।

दुर्घटनामा भारतको गुजरात राज्यका पूर्व मुख्यमन्त्री तथा सत्तारुढ दलका वरिष्ठ नेता श्री नरेन्द्र पटेलको पनि मृत्यु भएको छ। उनी अहमदाबादबाट बेलायतमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गएका थिए। ६७ वर्षीय पटेल भारतमा अत्यन्त सम्मानित राजनीतिक व्यक्तित्वका रूपमा चिनिन्थे।

यसैगरी, एक नवविवाहित जोडी पनि थिए, जो हनिमुनका लागि लन्डन जाँदै थिए। सात दिनअघि मात्र विवाह बन्धनमा बाँधिएका २८ वर्षीय अर्जुन मेहता र २५ वर्षीया प्रिया शर्माको यो पहिलो अन्तर्राष्ट्रिय यात्रा थियो।

यस्तै, विद्यार्थी, अन्तर्राष्ट्रिय खेलाडी/कलाकार, ब्विदा मनाउन हिँडेका परिवार, बालबालिका र वृद्धवृद्धा समेत दुर्घटनामा मरिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट