जनकपुरका मेयरका काका वासुदेवको ज्वाइँले चक्कु प्रहार गरी हत्या, अभियुक्त फरार

जनकपुर — जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहका आफ्नै काका वासुदेवप्रसाद विमलको बुधबार बिहान आफ्नै ज्वाइँले चक्कु प्रहार गरी हत्या गरेका छन्।

जनकपुरधाम–१५ कुवारामपुर बस्ने ६५ वर्षीय विमललाई जनकपुरधाम–२१ कुर्थाका ४८ वर्षीय ज्वाइँ बेचन महासेठले घरमै चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वरुणबहादुर सिंहका अनुसार विमल र महासेठबीच केही समयदेखि जग्गासम्बन्धी विवाद चलिरहेको थियो।

सोही विवादका कारण बुधबार बिहान पौने १० बजे झगडा चर्किएर घटनाले हिंसात्मक रुप लिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। भनाभन भइरहेका बेला बेचनले अचानक चक्कु निकालेर विमलमाथि आक्रमण गरेका थिए। चक्कु प्रहारबाट विमलको पेटमा गम्भीर चोट लागेको थियो।

गम्भीर अवस्थामा रहेका उनलाई तत्काल परिवार र स्थानीयले जनकपुरस्थित प्रादेशिक अस्पताल पु¥याएका थिए। तर, चिकित्सकले साढे १० बजे मृत घोषणा गरेको डीएसपी सिंहले जानकारी दिए।

चक्कु प्रहार गर्ने आरोपित बेचन फरार भएका छन्। उनको खोजी भईरहेको प्रहरीले जनाएको छ। मृतक वासुदेव मेयर साहका काका मात्र नभई स्थानीय समाजमा पनि सक्रिय रूपमा परिचित व्यक्ति थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट