अमेरिकामा कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

राजधानी– अमेरिकाको लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ।

जुलाई १३, शनिवार राति भएको दुर्घटनामा दाङका २० वर्षीय रोजिन ओली र २२ वर्षीय राजन यादवको घटनास्थलमै ज्यान गएको हो। राजन यादवको नेपाली ठेगाना भने खुल्न सकेको छैन।

उक्त दुर्घटनामा सवार अन्य दुई जना घाइते भएको बताइएको छ। उनीहरूको उपचार भइरहेको छ।

दुर्घटनाको विस्तृत विवरण खुल्न बाँकी छ भने स्थानीय प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको अमेरिकी समाचार स्रोतहरूले जनाएका छन्।

गाडी अमेरिकाको यूएस हाइवे ८० हुँदै गइरहेको थियो। अत्याधिक वर्षाको क्रममा गाडी अनियन्त्रित भई सडकबाट बाहिर गएर रूखमा ठोक्किएपछि आगो लागेको स्थानीय प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट