२७ वर्षीया महिलामाथि खुकुरी प्रहार, हेलिकप्टरमार्फत उद्धार – ३२ वर्षीय युवक पक्राउ

राजधानी– रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार गरिएको छ। बुधबार साँझ भएको घटनामा ३२ वर्षीय रजिन सुनुवारले सोही ठाउँकी २७ वर्षीया एलिसा सुनुवारमाथि खुकुरी प्रहार गरेका हुन्।

घटनामा गम्भीर घाइते भएकी एलिसाको अवस्था नाजुक रहेको बताइएको छ। उनलाई ढाडमा खुकुरी प्रहार गरिएको र तत्कालै उद्धार गरी काठमाडौँस्थित केएमसी अस्पताल पुर्‍याइएको रामेछापका सीडीओ श्यामकृष्ण थापाले जानकारी दिए। उनका अनुसार वर्षाका कारण सडक सञ्जाल अवरुद्ध भएपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत एलिसालाई काठमाडौं पठाइएको हो।

घटनापछि फरार रहेका रजिन सुनुवार उमाकुण्डकै भुजी भन्ने स्थानबाट पक्राउ परेका छन्। प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको बताउँदै अनुसन्धान थालिएको जनाएको छ। ‘अहिले भर्खरै पक्राउ गरी जिल्ला ल्याइएको छ, प्रारम्भिक अनुसन्धान भइरहेको छ,’ रामेछापका एसपी भोला भट्टले जानकारी दिए।

प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ। स्थानीयवासीले आक्रोश व्यक्त गर्दै पीडितलाई न्याय सुनिश्चित गर्न माग गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट